बैंकमा ६ अर्ब निक्षेप थपियो, कर्जा प्रवाह स्थिर : अझै २ खर्ब ५८ अर्ब कर्जा विस्तार गर्नसक्ने

काठमाडौं  । बैंकिङ प्रणालीमा एकै दिन ६ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख १८ गते सोमवार बैंक, वित्तीय संस्थासँग कुल ५४ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वैशाख १९ गते मंगलबार बढेर ५४ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ ।  विप्रेषण आप्रवाह र पर्यटक आयमा देखिएको वृद्धिसँगै पछिल्लो समय बैंक, वित्तीय संस्थामा Deposit निरन्तर वृद्धि भइरहेको छ । बैंकहरूसँग चैत २१ गते ५४ खर्ब ३० अर्ब र वैशाख ६ गते ५४ खर्ब ४८ अर्ब निक्षेप थियो । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाहमा भने सुधार देखिएको छैन ।  राष्ट्र बैंकको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले पनि Deposits र loans को वृद्धिदरमा असन्तुलन औंल्याएको छ । चालू आर्थिक वर्ष (आव) को फागुनसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप २ खर्ब ८० अर्ब ५७ करोड (५ दशमलव ५ प्रतिशत) वृद्धि हुँदा कर्जा प्रवाह १ खर्ब २८ अर्ब १८ करोड (२ दशमलव ८ प्रतिशत) ले मात्र बढेको छ । अर्थात चालू आवमा Bank हरूको निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह आधाले कम छ । राष्ट्र बैंकका अनुसार मंगलवारसम्ममा बैंक, वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४८ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । बैंक कर्जाको उच्च ब्याजदर र बजारमा आर्थिक गतिविधि कम हुँदा कर्जाको माग सुस्ताएको हो । चालू आवको फागुनमा बैंकहरूको औसत आधारदर १० दशमलव ६४ प्रतिशत पुग्दा कर्जाको औसत ब्याजदर १३ दशमलव शून्य ३ प्रतिशत पुगेको छ ।  बैंकहरूमा निक्षेपको तुलनामा कर्जा प्रवाह नहुँदा Liquidity रकम बढ्दै गएको छ । मंगलवार बैंक, वित्तीय संस्थाको औसत कर्जा–निक्षेप अनुपात (CD ratio) ८५ दशमलव २४ प्रतिशतमा झरेको छ । अघिल्लो दिन सीडी रेसियो ८५ दशमलव ३२ प्रतिशत थियो ।  राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा प्रवाह गर्न सक्छन् । मंगलवारको तथ्यांकअनुसार बैंकहरूसँग अझै २ खर्ब ५८ अर्ब रुपैयाँ थप कर्जा विस्तार गर्नसक्ने क्षमता देखिएको छ । उच्च ब्याजदरले नयाँ कर्जा प्रवाह सुस्ताएका बेला बजारको अवस्था सहज नभएको भन्दै बैंकहरूले पनि कर्जा प्रवाहमा कडाइ नै गरेका छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ बैंकहरूसँग साढे २ खर्ब हाराहारी कर्जा दिने क्षमता भए पनि लगानी नभएको बताउँछन् । ‘अहिले बैंकहरू तरलताको सहज अवस्थामा देखिएका छन्,’ उनले भने, ‘ब्याजदर बढी भएकाले नयाँ कर्जा नगएको हुन सक्छ ।’ तरलताको अवस्था सहज भएपछि बैंक, वित्तीय संस्थाले वैशाखदेखि निक्षेपको ब्याजदरसमेत घटाइसकेका छन् । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९ दशमलव ९९ प्रतिशतमा झारेका छन् ।  तरलताको अवस्था सहज भएपछि बैंकहरूबीच कारोबार हुने अन्तरबैंक ब्याजदर पनि ७ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसैगरी ट्रेजरी बिल्सको ब्याजदर पनि घट्दै गएको छ ।  मंगलवार २८ दिनको Treasuryमा ८ दशमलव ५३ प्रतिशत, ९१ दिनमा ९ दशमलव ७२ प्रतिशत, १८२ दिनमा ९ दशमलव ६३ र ३६४ दिनमा ९ दशमलव ३४ प्रतिशत ब्याजदर कायम भएको छ ।  अघिल्लो साता २८ दिनमा ८ दशमलव ५४ प्रतिशत, ९१ दिनमा ९ दशमलव ६१ प्रतिशत, १८२ दिनमा ९ दशमलव ६२ र ३६४ दिनकोमा ९ दशमलव ५५ प्रतिशत ब्याजदर कायम भएको थियो । चैतमा निक्षेपको ब्याजदर सामान्य रुपमा कम गरेका बैंकहरुले कर्जाको प्रिमियमदर समेत घटाएका थिए । राष्ट्र बैंकको निर्देशनअनुसार चैतपछि निक्षेप र कर्जाको ब्याज अन्तर (spread rate) घटाएकाले विस्तारै कर्जाको ब्याजदर पनि घट्ने र विस्तारै कर्जाको माग बढ्ने बैंकर बताउँछन् । 

सम्बन्धित सामग्री

बैंकहरूमा ८ अर्ब निक्षेप थपियो, कर्जा विस्तार भने स्थिर

काठमाडौं । वित्तीय प्रणालीमा गत बिहीवार रू. ८ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank) का अनुसार वैशाख ६ गते बुधवार बैंक, वित्तीय संस्थासँग ५४ खर्ब ४८ अर्ब निक्षेप रहेकोमा ७ गते बिहीबार बढेर ५४ खर्ब ५६ अर्ब पुगेको छ ।  निक्षेप बढे पनि कर्जा विस्तार भने स्थिर छ । बिहीवारसम्ममा बैंकहरूको कुल कर्जा प्रवाह ४८ खर्ब ४४ अर्बमा सीमित छ । निक्षेप वृद्धिसँगै बैंकमा तरलता रकम बढेको छ । बिहीवारसम्ममा बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात ८५ दशमलव ३४ प्रतिशत छ । यस्तै अन्तरबैंक ब्याजदर ७ दशमलव १० प्रतिशत कायम रहेको राष्ट्र बैंक (NRB) ले बताएको छ ।

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

५ जेठ, काठमाडौं । नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । वैशाखमा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रहिलो स्थानमा रहेको कम्पनीले दाबी गरेको छ । वैशाख महिनासम्म नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको छ । कर्जा विस्तार ३१.९८ […]

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्धि गरेको छ । गत बैशाख महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्येकै निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो । गत बैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले बृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले बृद्धि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्येकै १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने ८ वटा बाणिज्य बैंकहरुको नि

निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा नेपाल बैंक पहिलो

नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा बिस्तार दुवैमा उच्च वृद्घि गरेको छ ।गत फागुन महिनामा नेपालका २७ वटा बाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा आफू प्रथम स्थानमा रहेको बैंकले दावी गरेको छ । गत फागुन महिनामा बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले वृद्घि भएको देखिन्छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले […]

निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो

नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ। गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरूमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो।...

नेपाल बैंकको निक्षेप संकलन तथा कर्जा विस्तारमा वृद्धि

नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा वृद्धि भएको जनाएको छ ।  फागुन महिनामा २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको हो ।  गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले बृद्धि भएको देखिएको छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले बृद्धि भएको छ ।  २७ बाणिज्य बैंकहरुमध्ये १७ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भए

फागुनमा पनि बैंकको निक्षेप र कर्जा विस्तार न्यून

फागुन महिनामा पनि बैंकहरुको निक्षेप र कर्जा विस्तार न्यून देखिएको छ । बैंकहरुको निक्षेप वृद्धिमा सुस्तता आएपछि कर्जा प्रवाह पनि प्रभावित भएको हो । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार फागुनको २७ दिनमा जम्मा १५ अर्ब मात्रै निक्षेप थपिएको छ ।

गत साता बैंकहरुको निक्षेप १ अर्ब बढ्यो, कर्जा प्रवाह ४ अर्ब बढ्यो

गत साता वाणिज्य बैंकहरुको निक्षेप १ अर्बले बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार माघ २९ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन ६ गतेसम्म आईपुग्दा पनि बैंकहरुको निक्षेप १ अर्बले बढेर ४३ खर्ब १२ अर्ब कायम भएको छ । यस अवधिमा नेपाल मुद्राको निक्षेप ३ अर्ब बढेको छ भने विदेशी मुद्राको निक्षेप २ अर्ब घटेको छ । त्यस्तै यस अवधिमा कर्जा प्रवाह ४ अर्बले बढेको छ । माघ २९ गते वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ५५ अर्ब रहेकोमा फागुन ६ गतेसम्म आईपुग्दा बैंकहरुको कर्जा प्रवाह बढेर ४१ खर्ब ५९ अर्ब कायम भएको छ । वाणिज्य बैंकहरुले फागुनको लागि ब्याजदर बढाएका छन् । २ महिनासम्म ब्याजदर स्थित राखेका बैंकहरुले फागुनको लागि भने ब्याज बढाएका छन् । बैंकहरुले मुद्दतीमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिएका छन् । बाणिज्य बैंकहरुले ब्याज बढाएपछि विकास बैंक र फाइनान्सहरुले पनि फागुनको लागि ब्याज बढाएका छन्। उता नेपाल राष्ट्र बैंकले तरलतामा चापको स्थिति कायमै रहने अवस्था देखिएको जनाएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा बिहिबार सार्वजनिक गर्दै कर्जा विस्तारको ठूलो अंश आयाततर्फ केन्द्रित भई शोधनान्तर घाटा बढ्दो र विदेशी विनिमय सञ्चिति घट्दो क्रममा रहेसम्म तरलतामा चापको स्थिति कायमै रहने देखिएको जनाएको हो।चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै वाह्य क्षेत्रतर्फ भुक्तानी सन्तुलन घाटामा गएको र साधन परिचालनको तुलनामा कर्जा माग उच्च रहेका कारण बैंकिङ्ग क्षेत्रको तरलतामा दबाब परेको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार उच्च रहेकोले तरलता व्यवस्थापनमा दबाब परेको छ । तसर्थ, आन्तरिक एवम् वाह्य क्षेत्र सन्तुलन कायम राख्न सीमित वित्तीय साधनलाई उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका क्षेत्रमा परिचालन गर्न जोड दिनुपर्ने आवश्यकता रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८÷७९ को पहिलो ६ महिनामा खुला बजार कारोबारका विभिन्न उपकरणहरुमार्फत रु.३५१ अर्ब ७ करोड र स्थायी तरलता सुविधामार्फत रु.३०१५ अर्ब ८९ करोड गरी कुल रु.३३६६ अर्ब ९६ करोड तरलता प्रवाह गरिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा रिभर्स रिपोमार्फत रु.२८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत रु.३१ अर्ब ६५ करोड गरी कुल रु.६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.२४१ अर्ब ३४ करोड तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ६६ करोड ७४ लाख खुद खरिद गरी रु.८० अर्ब २६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी रु.२५१ अर्ब २ करोड तरलता प्रवाह गरिएको थियो । यसरी समीक्षा अवधिमा गत वर्षको सोही अवधिको तुलनामा अमेरिकी डलरको खरिद ६८.५ प्रतिशतले कमी आएको छ ।राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशाको संकेतको रुपमा बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरेको छ । ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरेको छ । विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत कायम राखेको छ।वाह्य क्षेत्र र तरलतामा विद्यमान चापको स्थितिलाई दृष्टिगत गर्दै वाह्य क्षेत्र स्थायित्वसहित समष्टिगत आर्थिक स्थायित्व कायम राख्नेतर्फ मौद्रिक व्यवस्थापनलाई परिलक्षित गरिने राष्ट्र बैंकले जनाएको छ ।नोट: समाचार प्रकाशन भईसकेपछि नेपाल बैंकर्स एसोसिएसनले तथ्यांक अपडेट गरि पुन: उपलब्ध गराएकोले सोहि अनुसार यो समाचार सम्पादन गरिएको छ । यसबाट पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्राथी छौ | सम्पादक

निक्षेप संकलनको झण्डै चार गुणा कर्जा प्रवाह: बैंकहरूबाट कहाँ गयो यति ठूलो ऋण ?

नेपाल बैंकर्स संघको पुस मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूले निक्षेपभन्दा कर्जा विस्तार ३ खर्ब रुपैयाँले बढाएका छन् । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १ खर्ब २३ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूले प्रवाह गरेको यो अवधिको कर्जा भने ४ खर्ब २२ अर्ब रूपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूले अतिरिक्त स्रोत बढाउन नसके पनि राष्ट्र बैंकबाट पाएको मौद्रिक नीतिको उपकरणमार्फतको सुविधा प्रयोग गरेर ऋण बढाइरहेको दाबी गरेका छन् । बैंकहरूले राष्ट्र बैंकबाट पाएको अल्पकालीन सुविधाबाट दीर्घकालीन लगानी गरिरहेको देखिन्छ ।&...

निक्षेप सातामै १३ अर्बले घटेपछि वाणिज्य बैंकहरूले रोके कर्जा विस्तार

निक्षेप घट्न थालेपछि वाणिज्य बैंकहरूले कर्जा विस्तार रोकेका छन् । माघ पहिलो साता वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ ।  नेपाल बैंकर्स संघले उपलब्ध गराएको माघ ७ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ । यस्तो निक्षेप अघिल्लो साता अर्थात पुस मसान्तसम्ममा ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो  ।  यो अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह करीब ठप्प छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले एक सातामा जम्मा एक अर्ब रुपैयाँमात्रै कर्जा विस्तार गरेका छन् । ...