२ सातापछि निक्षेप संकलनमा झीनो सुधार

काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेप संकलनमा २ सातापछि झीनो सुधार देखिएको छ । मङ्सिरको पहिलो २ सातासम्म वाणिज्य बैंकहरूको कुल निक्षेप नै घट्दै गएको थियो, तर तेस्रो सातामा आएर निक्षेप संकलन झीनो मात्रामा बढेको छ । मङ्सिरको तेस्रो साता अर्थात् ११ गतदेखि १७ गतको बीचमा वाणिज्य बैंकहरूको कुल निक्षेप ६ अर्ब ५४ करोड रुपैयाँले बढेको छ । हाल नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा छन् । उक्त बैंकहरूमा मङ्सिरको दोस्रो सातासम्म रू. ४२ खर्ब १९ अर्ब ४९ करोड निक्षेप संकलन थियो । तेस्रो सातामा त्यो झन्डै ७ अर्ब रुपैयाँले बढेर ४२ खर्ब २६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यसअघि मङ्सिरको पहिलो र दोस्रो साता निक्षेप संकलन लगातार घटेको थियो । मङ्सिर पहिलो साता ८ अर्ब र दोस्रो साता ६ अर्ब रुपैयाँले निक्षेप संकलन घटेको थियो । तर, तेस्रो सातामा भने निक्षेप संकलन बढेको छ । नेपाल बैंकर्स संघबाट प्राप्त मङ्सिर तेस्रो सातासम्मको तथ्यांकले यस्तो देखाएको हो । निक्षेप संकलनमा सुधार आए पनि तरलता अभावको समस्या भने यथावत् नै रहेको छ । साथै, निक्षेप संकलनमा देखिएको सुधार पनि उत्साहजनक नभएका बैंकरहरू बताउँछन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले निक्षेपमा उत्साहजनक सुधार नआएको बताए । ‘पछिल्लो समय अधिकांश हप्ता निक्षेप घटेको छ । जुन, हप्ता निक्षेप संकलन बढेको छ, त्यो पनि उत्साहजनक छैन,’ उनले भने, ‘अभैm पनि बैंकहरूले तरलता अभावको सामना गरिरहेको अवस्था छ ।’ बैंकर संघको तथ्यांकअनुसार पछिल्लोपटक कात्तिकको अन्तिम साता १० अर्ब निक्षेप बढेको थियो । त्यसअघि पनि लगातार ४ हप्तासम्म निक्षेप संकलन घटेको देखिन्छ । बैंकहरूको निक्षेपको प्रमुख स्रोत सरकारी खर्च हो । तर, चालू आर्थिक वर्षमा सरकारी खर्च उत्साहजनक छैन । फलस्वरूप चालू आर्थिक वर्षको शुरूदेखि नै बैंकहरूले तरलता अभावको समस्या झेल्दै आएका छन् । यस्तै, बैंकबाट कर्जाका रूपमा गएको पैसा कुनै न कुनै माध्यमबाट निक्षेपकै रूपमा बैंकमा फर्किने गर्छ । तर, यसपालि त्यस्तो पनि नभएको बैंकरहरू बताउँछन् । आयातका लागि बढी कर्जा प्रवाह हुँदा पनि तरलता अभाव कायम रहेको बैंकरहरू बताउँछन् । तरलताको अभाव भएपछि पछिल्ला साताहरूमा कर्जा प्रवाह भने बढ्दै नै गएको छ । मङ्सिर पहिलो साता ७ अर्ब, दोस्रो साता १४ अर्ब र तेस्रो सातामा पनि १४ अर्बले नै कर्जा प्रवाह बढेको छ ।

सम्बन्धित सामग्री

४ अर्ब निक्षेप थपिँदा १ अर्ब कर्जा प्रवाह, सीडी रेसियोमा देखिएन सुधार

चैत ९, काठामाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा पैसा बढ्दै गएको देखिएपनि लगानी योग्य रकम (तरलता) मा भने सहजता देखिएको छैन । एक दिनमै बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन ४ अर्ब रुपैयाँले बढ्दा कर्जा प्रवाह भने १ अर्बले बढेको छ । मंगलबार एक दिनमा कर्जाको तुलनामा निक्षेप संकलन बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।  बैंकहरूले निक्षेप संकलनमा प्राथमिकता दिए पनि अहिले लगानी योग्य रकम अभाव नै छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई कर्जा निक्षेप अनुपात (सीडी रेसियो) असार मसान्तसम्म ९० प्रतिशतभन्दा तल कायम गर्न भनेको छ । तर, अहिलेसम्म पनि बैंकहरूको सीडी रेसियो ९० पतिशत तल झर्न सकेको छैन। राष्ट्र बैंकका अनुसार मंगलवार वाणिज्य बैंकहरूको सीडी रेसियो ९० दशमलव ७३ प्रतिशत कायम छ । राष्ट्र बैंकका अनुसार चैत ८ गतेसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन ४८ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा प्रवाह भने ४६ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । उक्त अवधिसम्ममा वाणिज्य बैंकबाट मात्र ४३ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४१ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

तरलता अभावबीच पनि रोकेनन् बैंकहरूले कर्जा विस्तार, एक हप्तामै ६ अर्ब वृद्धि

फागुनको दोस्रो हप्ता पनि बैंकिङ क्षेत्रमा निक्षेप संकलनमा खासै सुधार नभएको देखिएको छ । नेपाल बैंकर्स संघले जारी गरेको पछिल्लो रिपोर्टअनुसार फागुन ६ गतेदेखि १३ गतेसम्म २७ वाणिज्य बैंकहरूले जम्माजम्मी एक अर्ब रुपैयाँ निक्षेप बढाउँदै ४३ खर्ब १३ अर्ब रुपैयाँ संकलन गर्न सकेका हुन् । यसअघि अघिल्लो अर्थात् गत माघ २९ गतेदेखि फागुन ६ गतेसम्म बैंकहरूले ४३ खर्ब १२ अर्ब रुपैयाँ संकलन गरेका थिए । तर, एक हप्तामा एक अर्ब रुपैयाँमात्र निक्षेप संकलन वृद्धि गर्न सकेका बैंकहरूले सोही अवधिमा कर्जा लगानी भ

२ सातापछि निक्षेप संकलनमा झीनो सुधार

वाणिज्य बैंकहरूको निक्षेप संकलनमा २ सातापछि झीनो सुधार देखिएको छ । मङ्सिरको पहिलो २ सातासम्म वाणिज्य बैंकहरूको कुल निक्षेप नै घट्दै गएको थियो, तर तेस्रो सातामा आएर निक्षेप संकलन झीनो मात्रामा बढेको छ । मङ्सिरको तेस्रो साता अर्थात् ११ गतदेखि १७ गतको बीचमा वाणिज्य बैंकहरूको कुल निक्षेप ६ अर्ब ५४ करोड रुपैयाँले बढेको छ । हाल नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा छन् । उक्त बैंकहरूमा मङ्सिरको दोस्रो सातासम्म रू. ४२ खर्ब १९ अर्ब ४९ करोड निक्षेप संकलन थियो । तेस्रो सातामा त्यो झन्डै ७ अर्ब रुपैयाँले बढेर ४२ खर्ब २६ अर्ब ३ करो...

निक्षेप संकलन र परिचालनमा बैंकिङ क्षेत्र चुक्दै

नेपालको वित्तीय प्रणालीमा बैंकिङ, बीमा, पूँजीबजार, गैरबैंकिङ वित्तीय क्षेत्र र सहकारी रहेका छन् जसबाट वित्तीय स्रोतका रूपमा निक्षेप संकलन र परिचालन भइरहेको छ । बैंकहरूमा प्राप्त हुने पूँजी वा कोषको ८० प्रतिशतभन्दा बढीको मुख्य स्रोत निक्षेप नै हो । हालका दिनमा अधिक तरलताको समस्या छ र अधिक लगानीले स्रोतको रूपमा रहेको निक्षेपको परिचालन गर्न बैंकिङ क्षेत्र चुक्दै गएका देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूको स्थापना र विस्तारमा उदारीकरणको नीति अवलम्बनपछि त्यस्ता संस्थाहरूको संख्यात्मक र गुणात्मक वृद्धि भएको छ । कोभिड–१९ ले गर्दा सर्वसाधारणको आयको न्यूनस्तरका कारण आन्तरिक बचतको स्तरसमेत न्यून, विप्रेषणमा कमी र वित्तीय साक्षरता समेतको अभावको अवस्थामा निक्षेप संकलन र यसको परिचालन चुनौती पूर्ण बन्नु स्वाभाविक हो । हालका दिनहरूमा बैंकिङ क्षेत्रको ध्यान बढी संस्थागत निक्षेपतर्फ गएको र बैंकहरू शहरमुखी भएबाट पनि निक्षेपको स्रोत खुम्चिँदै गएको छ । संस्थागत निक्षेप संकलन सीमा सम्बन्धमा इजाजतपत्रप्राप्त संस्थाले कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ५० प्रतिशतभन्दा बढी कायम गर्न पाइने छैन भन्ने व्यवस्था कायम नै छ । नेपालमा अधिक प्रतिशत जनता वित्तीय पहुँचभन्दा बाहिर छन् । वित्तीय स्रोत संकलनका लागि आन्तरिक होडबाजीलाई केही हदसम्म मत्थर गरी तरलता अभाव व्यवस्थापनका लागि विदेशबाट ऋण लिन समेत बाटो खुलेको छ पुनर्कर्जाको साथै विभिन्न वित्तीय उपकरणमार्फत नेपाल राष्ट्र बैंकले बजारमा रकम पठाइरहेको छ । तथापि तरलताको मागअनुसार पूर्तिमा अपेक्षित सुधार छैन निक्षेप संकलनको दायरा नेपालमा प्रशस्त भए पनि ग्रामीण क्षेत्रको दूरदराजसम्म बैंकिङ पहुँच कमजोर छ । मुलुक संघीयतामा गएपछि बनेको ७५३ स्थानीय तहमध्ये हाल ७५१ बैंकिङ क्षेत्रको उपस्थिति देखिन्छ । हाल बैंकिङ क्षेत्रको कुल निक्षेप करीब रू. खर्बमा ४८०५ देखिन्छ । कर्जाको रूपमा यसको परिचालन करीब रू. खर्बमा ४५०६ देखिन्छ । अधिकांश बैंकहरूको सीसीडी ९० प्रतिशत कटेको देखिन्छ । निक्षेप संकलनमा होडबाजीको मुख्य कारण तरलतामा आएको न्यूनता हो । विकाससँग सम्बद्ध ठूला आयोजना र सरकारको प्राथमिकतामा परेको कृषि, उद्योग, वाणिज्य क्षेत्रसमेत आवस्यक रकम अभावमा प्रभावित भएका छन् । विप्रेषण आप्रवाह घट्दै गएको, आयात उच्च दरले बढेको, पूँजीगत खर्च हुन नसकेको, अनोपचारिक अर्थतन्त्र मौलाउँदै गएको, उत्पादनशील क्षेत्रमा भन्दा उपभोगको क्षेत्रमा कर्जाको विस्तार भएको, निक्षेप संकलनमा समस्या रहेकोजस्ता कारणले तरललतामा समस्या देखापरेको छ । ब्याजदर आफूअनुकूल हुनु, ब्याजदरमा स्थिरता नहुनु, स्रोत संकलनमा सरकार र केन्द्रीय बैंकमा बढी भर पर्नुजस्ता विषयले गर्दा बैंकिङ क्षेत्र निक्षेप संकलन र परिचालनमा चुक्दै गएको छ । बैंकिङ क्षेत्रको नाफाको प्रमुख आधार ऋण सापटी तथा लगानी नै हो । निक्षेप स्वरूप प्राप्त भएको रकमलाई बैंक तथा वित्तीय संस्थाहरूले धितो राखी वा विनाधितोमा व्यक्ति वा संस्थाहरूलाई ऋण लगानी गरेर यसको परिचालन गर्छन् । लगानीका रूपमा शेयरमा, अन्तरबैंक, ट्रेजरी बिल, बन्ड आदिमा परिचालन गरी निश्चित ब्याज आर्जन गरी नाफा वृद्धि गर्छन् । निक्षेपको परिचालनलाई हेर्दा नेपाल राष्ट्र बैंकमा राखिने अनिवार्य मौज्दात, अल्पकालीन सरकारी ऋणपत्रहरू, म्युचुअल फन्ड, शेयरमा लगानी, दीर्घकालीन ऋणपत्रहरू, विदेशी विनिमय, संयुक्त लगानी, कर्जा प्रवाह, स्थिर सम्पत्तिको खरीद, प्रशासनिक खर्च एव विविध खर्चहरू पर्छन् । लगानीका विभिन्न अवसर भए तापनि लगानीको ठूलो अंश धितोमुखी कर्जातर्फ केन्द्रित छ । उत्पादनमूलकभन्दा उपभोगतर्फ केन्द्रित भएकाले कर्जा असुली र तरलता व्यवस्थापनमा चुनौती थपिएको हो । निक्षेपको परिचालनका चुनौतीहरूमा कोभिड–१९, मुद्रास्फीति, बैंकिङ आदतमा कमी, पूँजी पलायन, अनौपचारिक क्षेत्र, ब्याजदर, राजनीतिक स्थिरता, आयस्तर, वित्तीय साक्षरता, राष्ट्रिय तथा अन्तरराष्ट्रिय घटना, मौद्रिक तथा वित्तीय नीति, विप्रेषण आदि पर्छन् । यी चुनौतीहरूको कसरी सामना गर्ने भन्ने बारेमा समग्र बैंकिङ क्षेत्रले र अनुगमनकारी निकाय नेपाल राष्ट्र बैंक समेतले बेलैमा सोच्नुपर्ने अवस्था छ । निक्षेप परिचालनमा ध्यान दिनुपर्ने कुराहरूमा ग्राहक सेवा, प्रविधिको विकास, ग्राहक सन्तुष्टि र हेरचाह, कर्मचारीको मीठो र सिस्ट बोलीवचन, वित्तीय साक्षरता आदि विषय हुन् । ब्याजदर तथा मौद्रिक नीति, राजनीतिक अवस्था र प्रतिस्पर्धालाई समेत विशेष ध्यान दिनु जरुरी छ । निक्षेप बैंक तथा वित्तीय संस्थाको प्रमुख साधन भएको हुँदा यस साधनलाई बैंकहरूले आयमूलक कार्यमा र उत्पादनमूलक कार्यमा लगानी गर्नुपर्छ । लगानीको दृष्टिकोणले चल्ती, बचतभन्दा मुद्दती निक्षेप तरलताको अभावबाट प्रभावित बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बंैकले सतर्कतापूर्वक अनुगमन तथा निगरानी गर्नुपर्छ । वित्तीय साक्षतालाई बढाउने, बैंकिङ क्षेत्रको विस्तार र विकास एवं संस्थागत सुशासनलाई कार्यान्वयन गराउने, देशमा आयात प्रतिस्थापनसँग सम्बद्ध उद्योगको विकास तथा विस्तार गर्ने जस्ता उपायहरूबाट मात्र वित्तीय स्रोतको रूपमा निक्षेप संकलनमा प्रभावकारिता आउने हुँदा हाल भइरहेको अस्वस्थ बैंकिङ होडबाजी समेतलाई नियन्त्रण गर्नु जरुरी छ । हालको समयमा थुप्रै मुलुक क्यासलेस भइसकेको कुरा सर्वविदितै छ । तसर्थ बैंकमा बचत गर्नुपर्छ र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्छ भन्ने सबन्धमा आम जनमानसमा साक्षरता दिने कुरालाई बैंकिङ क्षेत्रले अभियानकै रूपमा विकास गर्नुपर्छ । बचत जहाँबाट पनि गर्न सकिन्छ, बचत गर्दा ब्याज पाइन्छ, आफ्नो बचत गरेको रकम हराउने र चोरिने डर हुँदैन । बैंकमा राखेको पैसा आवश्यकताअनुसार उपयोग गर्न सकिन्छ । कर्जा निकाल्न, विभिन्न आवश्यकताका सामान किन्दा भुक्तानी गर्न सजिलो हुन्छ । प्रविधिको प्रयोगमार्फत लाइनमा समेत बस्नु पर्दैन अर्थात् बैंक तथा वित्तीय सस्थामा भौतिक रूपमा उपस्थिति हुनु पर्दैन भन्नेतर्फ अधिकांश मानिसमा अझै पनि ज्ञान भएको देखिँदैन । तसर्थ यसतर्फ बैंकिङ क्षेत्रले विशेष चासो र कार्ययोजनाका साथ कार्य गर्नु नै तरलता समस्याको मुख्य समाधान हो । लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।

वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार, कर्जा माग झनै बढ्यो

गत हप्ताको तुलनामा यस हप्ता वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार देखिएको छ । अघिल्लो हप्ता अर्थात् कात्तिक ५ गतेदेखि १२ गतेसम्म २७ वाणिज्य बैंकहरुले कुल ४२ खर्ब ४७ अर्ब निक्षेप संकलन गरेकामा यस हप्ता थप एक अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरेका हुन् । नेपाल बैंकर्स संघले बिहीबार जारी गरेको रिपोर्ट अनुसार गत कात्तिक १२ गतेदेखि कात्तिक १७ गतेसम्ममा कुल ४२ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, सोही अवधिमा कर्जा मागमा भने उच्चता आएको संघले जनाएको छ । समीक्षा अवधिमा एक

बैंकमा निक्षेप संकलन बढ्दो

काठमाडौैं । वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको असोज महीनामा मात्र झन्डै १ खर्ब रुपैयाँ नयाँ निक्षेप संकलन गरेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूले असोज महीनामा रू. ९७ अर्ब ४२ करोड नयाँ निक्षेप संकलन गरेका हुन् । नेपाल बैंकर संघबाट प्राप्त तथ्यांकअनुसार गत भदौको तुलनामा असोजमा बैंकहरूले दोब्बर मात्रामा निक्षेप संकलन गरेको देखिन्छ । गत भदौमा वाणिज्य बैंकहरूले रू. ४७ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । तर, असोजमा त्यो भन्दा १०४ प्रतिशत बढी निक्षेप संकलन भएको छ । अहिले वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ खर्ब ६८ अर्ब ६४ करोड पुगेको छ, जुन हालसम्मकै उच्च हो । विभिन्न कारणले चालू आवको शुरूदेखि नै बैंकहरूमा निक्षेप आउन सकेको थिएन । साउनमा वाणिज्य बैंकहरूको कुल निक्षेप ७८ अर्ब रुपैयाँले घटेको थियो । तर, असोजसम्म आउँदा निक्षेप संकलनमा धेरै सुधार आएको बैंकहरू बताउँछन् । सरकारी खर्च बैंक निक्षेपको एउटा मुख्य स्रोत हो । तर, प्रतिस्थापन बजेट पारित हुन नसक्दा चालू आवको असोज पहिलो सातासम्म नै सरकारी खर्च हुन सकेको थिएन । फलस्वरूप बैंकमा तरलता समस्या आएको थियो । तर, प्रतिस्थापन बजेट पारित भएसँगै असोज दोस्रोसातादेखि सरकारी खर्च हुन थालेको छ । साथै, विप्रेषण आउने क्रम पनि जारी छ् । फलस्वरूप निक्षेप संकलन बढ्न थालेको हो । निक्षेप संकलन बढे पनि तरलताको अभाव भने कायमै रहेको बैंकहरू बताउँछन् । निक्षेप बढ्न थाले पनि तरलताको समाधान अभैm नभएको उनीहरूको भनाइ छ । विशेषगरी कर्जाको माग र प्रवाह बढी हुँदा तरलता व्यवस्थापनमा चुनौती भएको बैंकहरू बताउँछन् । पछिल्लो समय चाडपर्वका कारण आयात पनि उच्च मात्रामा भएको छ । त्यो आयातका लागि उद्योग तथा आयातकर्ताबाट कर्जाको माग बढेको छ । फलस्वरूप तरलता अभाव कायमै भएको बताइएको छ । तरलता अभाव कायमै भएपछि बैंकहरूले कात्तिक महीनाका लागि निक्षेपको ब्याज थप बढाएका छन् । गत असोजमा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर ≈वात्तै बढाएका थिए । यसपटक अधिकांश बैंकको ब्याजदर १० प्रतिशत नाघेको छ । यद्यपि, राष्ट्र बैंकले त्यसलाई संशोधन गर्न निर्देशन दिइसकेको छ । यसले बैंकहरूमा तरलताको अभाव कायमै रहने सम्भावना देखिएको छ । यसलाई कम गर्न राष्ट्र बैंकले आज (बिहीवार) १० अर्ब रुपैयाँको रिपो जारी गर्दै छ । बैंकिङ क्षेत्रमा तरलता अभाव भएपछि राष्ट्र बैंकले रिपोमार्पmत सीमित अवधिलाई तरलता प्रदान गर्ने गर्छ । असोजमा वाणिज्य बैंकहरूले रू. १ खर्ब २६ अर्ब नयाँ कर्जा प्रवाह गरेका छन् । गत भदौमा १ खर्ब ८ अर्ब र साउनमा ४३ अर्ब नयाँ कर्जा प्रवाह भएको थियो ।

निक्षेप हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । वाणिज्य बैंकहरूको कुल निक्षेप सकंलन बढेर हालसम्मकै उच्च विन्दुमा पुग्दा पनि बैंकमा तरलता (लगानीयोग्य पूँजी) को अभाव भने कायमै रहेको छ । असोजको दोस्रो सातासम्म वाणिज्य बैंकहरूको कुल निक्षेप रू. ४२ खर्ब १८ अर्ब पुगेको छ, जुन हालसम्मकै बढी हो । गत असार मसान्तसम्म कुल निक्षेप ४१ खर्ब १ अर्ब पुगेको थियो । चालू आर्थिक वर्ष शुरू हुनासाथ निक्षेप संकलन घटेको थियो । तर, अहिले निक्षेप संकलन बढेर नयाँ विन्दुमा पुगेको हो । बैंकहरूमा निक्षेप नै आउन नसक्दा चालू आवको शुरूदेखि नै तरलता अभावको समस्या हुँदै आएको थियो । अहिले बैंकिङ क्षेत्रमा निक्षेप आउन थाले पनि तरलता अभावको समस्या नहटेको बैंकरहरू बताउँछन् । अहिले कर्जाको माग उच्च रहेको छ । त्यसैले निक्षेप बढे पनि तरलता अभावको समस्या कायमै रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘अहिले सरकारी खर्च हुन थालेपछि बैंकहरूमा निक्षेप आउन थालेको छ । रेमिट्यान्स (विप्रेषण) पनि आउन थालेको छ । तर, तरलता अभावको समस्या भने कायमै छ,’ उनले भने, ‘अहिले कर्जाको माग निकै उच्च छ । साथै, कर्जा प्रवाह पनि बढेको छ । त्यसैले तरलताको अभाव भएको हो ।’ चाडपर्वका कारण आयात पनि उच्च मात्रामा भएको छ । आयात अझै बढ्ने सम्भावना छ । त्यो आयातका लागि आवश्यक पर्ने पूँजीका लागि सम्बद्ध उद्योग तथा आयातकर्ताबाट कर्जाको माग बढेको छ । फलस्वरूप तरलता अभाव कायमै भएको बताइएको छ । अब विप्रेषण नै तरलता व्यवस्थापन गर्ने उच्च माध्यम हुने उनको भनाइ छ । ‘दशैंले गर्दा गतहप्तादेखि नै विप्रेषण आप्रवाह बढेको जस्तो देखिन्छ । साथै, अबको २ साता पनि उच्च मात्रामा विप्रेषण आउने सिजन हो,’ उनले भने, ‘अपेक्षित मात्रामा विप्रेषण आयो भने तरलता व्यवस्थापनमा सहज हुनेछ ।’ विप्रेषण आप्रवाह बढ्दा शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिमा पनि सुधार आउने उनको भनाइ छ । त्यो अवस्थामा व्याजदरमा पुनरवलोकन गर्न पनि सहज सकिने दाहालले बताए । गत साता बैंकहरूको कुल निक्षेप ३८ अर्ब १२ करोड रुपैयाँले थपिएको छ, जुन साप्ताहिक आधारमा चालू आवकै धेरै हो । बैंकहरूले तरलता अभाव भएपछि असोज १ गतेदेखि निक्षेपको ब्याजदर बढाएका थिए । तैपनि असोजको पहिलो साता निक्षेप संकलनमा सुधार आएको थिएन । त्यो साता करिब ८ अर्ब रुपैयाँ मात्र निक्षेप संकलन भएको थियो । तर, असोजको दोस्रो साता भने निक्षेप सकंलन ह्वात्तै बढेको छ । सरकारी खर्च बैंक निक्षेपको एउटा मुख्य स्रोत हो । तर, प्रतिस्थापन बजेट पारित हुन नसक्दा चालू आवको असोज पहिलो सातासम्म नै सरकारी खर्च हुन सकेको थिएन । फलस्वरूप बैंकिङ तरलतामा समस्या आएको थियो । तर, अहिले प्रतिस्थापन बजेट पारित भएसँगै गत सातादेखि सरकारी खर्च हुने थालेको छ । फलस्वरूप निक्षेप संकलन बढ्न थालेको हो । कर्जा प्रवाह पनि ह्वात्तै बढेको छ । गत साता बैंकहरूले ३९ अर्ब रुपैयाँ नयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो हप्ता बैंकहरूले रू. ३१ अर्ब नयाँ कर्जा प्रवाह गरेका थिए । बैंकहरूको कुल कर्जा प्रवाह भने ३९ खर्ब ४२ अर्ब पुगेको छ ।

बैंकमा तरलता अभाव : हप्ता दिनमा निक्षेप बराबरकै कर्जा लगानी

१८ असोज, काठमाडौं । बैंकहरुमा निक्षेप संकलनमा सुधार भएको छ । बैंकहरुले बितेको सातामा ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । असोज ८ सम्म ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप १५ गतेसम्म ४२ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । एक साताको अवधिमा कर्जा लगानी र निक्षेप संकलन बराबरी देखिएको छ । […]

ब्याजदर बढाउँदा पनि आएन निक्षेप

काठमाडौं । वाणिज्य बैंकहरूले ब्याजदर बढाएर १० प्रतिशतभन्दा माथि पुर्‍याए पनि निक्षेप संकलनमा भने सुधार आएको छैन । ब्याजदर बढाउँदा पनि वाणिज्य बैंकहरूमा पहिलेभन्दा कम निक्षेप संकलन भएको छ ।वाणिज्य बैंकहरूले गत असोज १ गतेदेखि ब्याजदर बढाएका थिए । तर, असोजको पहिलो साता रू। ८ अर्ब ३२ करोड मात्र नयाँ निक्षेप संकलन भएको नेपाल बैंकर्स एशोसिएशनको तथ्यांकले देखाउँछ ।अघिल्लो साता अर्थात् भदौको अन्तिम सातामा रू। २६ अर्ब ३० करोड नयाँ निक्षेप संकलन भएको थियो भने त्यसअघिको सातामा १६ अर्ब रुपैयाँ बराबरको न

ब्याजदर बढाउँदा पनि आएन निक्षेप

काठमाडौं, असोज १३ । वाणिज्य बैंकहरूले ब्याजदर बढाएर १० प्रतिशतभन्दा माथि पुर्‍याए पनि निक्षेप संकलनमा भने सुधार आएको छैन । ब्याजदर बढाउँदा पनि वाणिज्य बैंकहरूमा पहिलेभन्दा कम निक्षेप संकलन भएको छ । वाणिज्य बैंकहरूले गत असोज १ गतेदेखि ब्याजदर बढाएका थिए । तर, असोजको पहिलो साता रू। ८ अर्ब ३२ करोड मात्र नयाँ निक्षेप संकलन […]