विकास बैंकको निक्षेप भदौ लागेपछि घट्दै, कर्जा लगानी भने लगातार बढ्दै

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिना साउनमा विकास बैंकहरूको कर्जा लगानी १.६१ प्रतिशत र निक्षे १.५४ प्रतिशतले बढाएका छन् । डेभपमेन्ट बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार २०७८ साउन मसान्तसम्म विकास बैंकहरूको कुल निक्षेप ४ खर्ब ८८ अर्ब ८४ करोड र कुल कर्जा लगानी ४ खर्ब २२ अर्ब...

सम्बन्धित सामग्री

८ प्रतिशतले बढ्यो सहकारी बैंकमा तरलता

राष्ट्रिय सहकारी बैँकमा झन्डै ८ प्रतिशतले तरलता वृद्धि भएको छ । गत कात्तिकको तुलनामा मंसिरमा सहकारी बैंकको तरलता ७.९४ प्रतिशतले वृद्धि हुँदै ८ अर्ब ८ करोड १० लाख रुपैयाँ पुगेको हो । कात्तिकमा बैंकसँग ७  अर्ब ४८ करोड ६४ लाख तरलता रहेको थियो ।यद्यपि, कात्तिकको तुलनामा बैंकको निक्षेप तथा कर्जा लगानी भने घट्न पुगेको छ । मंसिर महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै बैंकले ४० अर्ब ६८ करोड १० लाख रुपैयाँ बचत संकलन गर्दै ३४ अर्ब ७९ करोड ४८ लाख रूपैयाँ कर्जा लगानी गरेको जनाएको छ । अघिल्लो

एनआईसी एसिया बैंकको निक्षेप १० प्रतिशतले बढ्दा कर्जा लगानी कति पुग्यो ?

काठमाडौं । एनआईसी एसिया बैंकको निक्षेप १० प्रतिशतले बढेको छ । असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म निक्षेप १०.४४ प्रतिशतले बढेको नेपाल बैंकर्स संघको तथ्यांकमा देखिएको छ । साउन मसान्तसम्म यस बैंकको निक्षेप ३ खर्ब ५ अर्ब १३ करोड रुपैया रहेकोमा भदौमा बढेर ३ खर्ब ८ अर्ब ९२ करोड रुपैयाँ पुगेको थियो । तर असोजमा भने […]

७ दिनमा ८ अर्बले घट्यो बैंकको निक्षेप

पछिल्लो साता वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट आएको छ । नेपाल बैंकर्स संघका अनुसार असोज १४ गतेदेखि २१ गतेभित्र ७ दिनमा ८ अर्ब रुपैयाँले निक्षेप गुमाउँदै २६ वटा वाणिज्य बैंकहरुले कुल ४५ खर्ब ११ अर्ब संकलन गर्न सफल भएका हुन् । अघिल्लो हप्ता अर्थात् असोज ७ गतेदेखि १४ गतेभित्र यस्तो निक्षेप बैंकहरुले ७ अर्ब रुपैयाँले नै बढाउँदै ४५ खर्ब १९ अर्ब संकलन गरेका थिए ।  उसो त यस हप्ता निक्षेपसँगै वाणिज्य बैंकहरुले कर्जा लगानी समेत घटाएका छन् ।अघिल्लो हप्ता अर्थात् असोज १४ गतेसम्म कुल ४१ खर्ब ९७ अ

साउनको पहिलो सातामै ६३ अर्बले घट्यो बैंकहरूको निक्षेप

९ साउन, काठमाडौं । साउन लागेपछि वाणिज्य बैंकहरुको निक्षेपमा घटेको छ । असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको वाणिज्य बैंकको निक्षेप ६ साउनमा आउँदा ६३ अर्बले घटेको छ । ६ साउनमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्बमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ । यस अवधिमा बैंकहरुको कर्जा लगानी पनि घटेको छ । असार […]

सेञ्चुरी बैंकको निक्षेप खर्बभन्दा माथि, सीडी रेसियो ८८ प्रतिशतमा

सेञ्चुरी कमर्सियल बैंकले आव २०७८÷०७९ को चौथो त्रैमाससम्म कुल १ खर्ब १ अर्ब ४० करोड १९ लाख ९३ हजार २६६ रुपैयाँ निक्षेप संकलन गरेको छ । २०७८ असार मसान्तसम्ममा बैंकको निक्षेप ९३ अर्ब ४९ करोड रुपैयाँ थियो । बैंकिङ्ग क्षेत्रमा नै तरलताको संकटको वर्ष पनि बैंकले ७ अर्ब ९१ करोड अर्थात करिव साढे ८ प्रतिशतले निक्षेप वृद्धि गरेको छ । यस्तै, २०७९ असार मसान्तसम्ममा बैंकले कुल ९१ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ । यो रकम एक आर्थिक वर्ष अघिको तुलनामा १३ अर्ब ३७ करोड रुपैयाँले बढी हो । समिक्षा वर्षमा बैंकको कर्जा विस्तार करिव १७ प्रतिशतले भएको छ । साथै, बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८७.९८ प्रतिशत कायम भएको छ भने तरलता अनुपात (एलडी रेसियो) २५.०६ प्रतिशत कायम भएको छ । बैंकको खुद तरल सम्पत्ति (एनएलए) २५ प्रतिशतभन्दा बढी छ ।  बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

९ दिनमा निक्षेप २२ अर्ब घट्यो

काठमाडौं । वैशाख लागेपछिका ९ दिनमा वाणिज्य बैंकको निक्षेप २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार चैत अन्तिममा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाख ९ गतेसम्ममा घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँ कायम भएको छ । वैशाख पहिलो साता १२ अर्ब निक्षेप घटेकोमा दोस्रो सातामा १० अर्ब रुपैयाँले घटेको छ । चैत अन्तिम साता बैंकको निक्षेप ५५ अर्ब रुपैयाँले बढेको थियो । यसैगरी चैत मसान्तको तुलनामा बैंकको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले घटेको छ । चैत अन्तिम साता २० अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको बैंकहरूको कर्जा प्रवाह वैशाख ९ गतेसम्ममा ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ । वैशाख पहिलो साता २ अर्ब र दोस्रो साता १ अर्ब कर्जा घटेको संघको तथ्यांकमा उल्लेख छ । चैत मसान्त बैंकहरूको तेस्रो त्रैमासिकको खाताबन्दी गर्ने बेला भएकाले निक्षेप र कर्जामा वृद्धि देखिएको हो । बैंकहरूले आफ्नो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएकाले यसलाई राम्रो देखाउन खाताबन्दीको बेला निक्षेप संकलन तथा कर्जा असुलीमा जोड दिने गर्छन् । वैशाख लागेसँगै चुनावी चहलपहलका कारण बैंकबाट निक्षेप झिक्ने क्रम बढेको विश्लेषण गरिएको छ ।

नेपाल बैंकको नाफा करिब डेढ अर्ब

नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार बैंकको निक्षेप १ खर्ब ८३ अर्व ३४ करोड पुगेको छ भने कर्जा लगानी १ खर्ब ७२ अर्ब ९१ करोड पुगेको छ ।२७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा लगानीमा नेपाल बैंकले आक्रामक वृद्घि गरेको छ । निक्षेप संकलनमा १९.७९ […]

वाणिज्य बैंकको निक्षेप वृद्धि, कर्जा लगानी पनि बढ्यो

विगत केही समयदेखि लगातार रूपमा ओरालो लागेको निक्षेप संकलनमा यो साता भने सामान्य सुधार भएको संघको तथ्याङ्कले देखाएको हो ।

बैंकको निक्षेप संकलन २० अर्बले घट्यो

अघिल्लो हप्ताको तुलनामा यस हप्ता वाणिज्य बैंकहरुको निक्षेप संकलनमा २० अर्बले गिरावट आएको छ ।नेपाल बैंकर्स संघले सोमबार जारी गरेको साप्ताहिक रिपोर्ट अनुसार गत असोज ३१ गतेदेखि कार्तिक ५ गतेसम्ममा २७ वाणिज्य बैंकहरुले निक्षेप संकलनमा २० अर्ब रुपैयाँले घट्दै ४२ खर्ब ४९ अर्ब रुपैयाँमा सीमित भएको हो । अघिल्लो हप्ता बैंकहरुले ४२ खर्ब ६९ अर्ब संकलन गरेका थिए ।  तथापि, यता कर्जा लगानी तर्फ भने अघिल्लो हप्ताको तुलनामा यस हप्ता पनि समान रहेको संघले जनाएको छ । गत हप्ता ३९ खर्ब ९८ अर्ब कर्जा लगानी

वाणिज्य बैंकहरुको निक्षेपमा झिनो सुधार, कुल निक्षेप ४१ खर्ब २९ अर्ब पुग्यो

भदौ २१, काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । गत साउन महीनाको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप संकलन ६ अर्ब रुपैयाँले मात्रै बढेको हो । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूको कुल निक्षेप ४१ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूले साउन मसान्तसम्म कुल ४१ खर्ब २३ अर्ब रुपैयाँ बराबर निक्षेप संकलन गरेका थिए ।            भदौ महीनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ५५ अर्ब रुपैयाँले बढाएका छन् । साउन मसान्तको तुलनामा बैंकहरूको कर्जा लगानी ५५ अर्ब रुपैयाँले बढेको हो । वाणिज्य बैंकहरूले भदौको १८ गतेसम्म ३८ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत साउनसम्म बैंकहरूले  कुल ३७ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।            यस्तै, स्वदेशी मुद्रामा वाणिज्य बैंकको निक्षेप ४० खर्ब ९ अर्ब रुपैयाँ रहेको छ भने कर्जा ३६ खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ । विदेशी मुद्रामा १ खर्ब २० अर्ब रुपैयाँको निक्षेप रहेको छ भने १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको कर्जा रहेको छ । रासस