अमेरिकी रिटेल कम्पनी 'बेड, बाथ एन्ड बियोन्ड'लाई पतन गराउने त्यो एउटा गलत निर्णय

काठमाडौं । अमेरिकी खुद्रा कम्पनी बेड, बाथ एन्ड बियोन्डले गएको हप्ता टाट पल्टिएको भन्दै अदालती संरक्षणका लागि आवेदन दियो । महीनौंसम्मको उतारचढावपछि आफूलाई जोगाउने कुनै उपाय नभटेपछि कम्पनीले अप्रिल २३ मा न्यू जर्जीमा च्याप्टर ११ अन्तर्गत अदालती संरक्षण  (bankruptcy protection) माग्यो । सन् २०२२ को पहिलो त्रैमासमा कम्पनीले ३५ करोड ८० लाख डलर खूद घाटा बेहोरेको थियो । कम्पनीले सन् २०२२ को सेप्टेम्बरमा कम्पनीक‍ो खर्च घटाउन १५० ओटा स्टोर बन्द गर्यो । २० प्रतिशत कर्पोरेट कर्मचारीलाई कामबाट निकालिदियो । कम्पनी टाट पल्टिनुको पछाडि अनेकौ कारण थिए । सन् २००४ यता यसले आफ्नै शेयर 'बाई ब्याक'मा ११ अर्ब ८० करोड डलर खर्च गर्नु नै 'आफ्नो खुट्टामा बञ्चरो हान्नु' भयो । त्यो गलत निर्णयको प्रभावलाई न त स्टोर बन्दले कम गर्न सक्यो न त कर्मचारी कटौतीले नै उल्ट्याउन सक्यो । कम्पनीको पुनः शेयर खरीद कार्यक्रम अनौठो थिएन । कम्पनीले ती पैसा घ्यू लाग्ने अरु नै काममा खर्च गर्न सक्थ्यो । तर कम्पनीको  स्थिति त्यति बेला खराब बन्यो जति बेला एक्टिभिष्ट लगानीकर्ता र गेमस्टपका अध्यक्ष र्यान कोहेनले जनवरीमा कम्पनीको ९ दशमलव ८ प्रतिशत शेयर बेचे । कम्पनी केही दिनमै सिद्धिने चेतावनी विश्लेषकहरुले त्यति बेलै दिएका थिए । नगद अभाव बेहोरिरहेको बेलामा यो गलपासो बनिदियो । यही गलत निर्णयका कारण बेड, बाथ एन्ड बियोन्ड सबै स्टोरहरु बन्द गर्न बाध्य भयो । व्यवसाय नै ठप्प हुने स्थितिमा आयो ।  न्यू जर्जीमा ५२ वर्ष अघि एउटा सानो स्टोरको रुपमा Bed Bath & Beyond खुलेको थियो । समय बित्दै गर्दा यो अमेरिकाको प्रमुख Retail Company बन्यो । हालै अमेरिकाको शेयर नियामक सेकलाई बुझाएको फाइलिङका अनुसार कम्पनीको ऋण ५ अर्ब २० करोड डलर मात्रै थियो । लगाउनु पर्ने ठाउँमा नलगाएर गलत ठाउँमा पैसा लगाउँदा के हुन्छ भनेर कम्पनीहरुले सिक्ने हो भने बेड, बाथ एन्ड बियोन्ड ज्वलन्त उदाहरण हो ।  तर यो कर्जाको भारी कम्पनीले झेल्न सकेन । Share Buyback मा वाहियात खर्च गर्दा कम्पनीले विक्री बढाउन चाहिएको इन्भेन्टरीका लागि समेत खर्च गर्न सकेन । लगाउनु पर्ने ठाउँमा नलगाएर गलत ठाउँमा पैसा लगाउँदा के हुन्छ भनेर कम्पनीहरुले सिक्ने हो भने बेड, बाथ एन्ड बियोन्ड ज्वलन्त उदाहरण हो ।  सन् २०१४ को जुलाईदेखि कम्पनी शेयर पुनः खरीदमा निकै सक्रिय थियो । यसका लागि यसले २ अर्ब डलरको ऋण नै उठायो । शेयर प्रदर्शन सुधार्न सक्रिय शेयरधनीहरुले दिएको दबाबका कारण पनि कम्पनी शेयर पुनः खरीद गर्न बाध्य थियो । त्यति बेला कम्पनीसँग निकै थोरै ऋण थियो । तर शेयर बाईब्याकका लागि कर्जाको थपिँदै जाँदा कम्पनीले सो भारी उठाउनै सकेन अनि अन्ततः  लड्यो । कम्पनीले शेयर बाईब्याकमा खर्च गर्नुको सट्टा व्यवसायको विस्तरमा त्यत्रो पैसा लगाएको भए कम्पनी यसरी धराशयी हुने थिएन । सन् २०२२ को फेब्रुअरीसम्मै पनि कम्पनी आफ्नै शेयर पुनः खरीदमा सक्रिय थियो । फेब्रुअरीसम्मको तीन महीनामा यसले पुनः खरीद कार्यक्रममा २३ करोड डलर खर्च गरेको थियो । औसतमा हरेक शेयरका लागि उसले १६ डलर ४ सेन्ट खर्चियो । तर शेयर मूल्यलाई टेवा दिने उसको प्रयास खासै सहयोगी भएन । सन् २०१४ मा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८१ डलरको उच्चतम् बिनदुमा उक्लिएको थियो ।  गएको वर्षभर कम्पनीको शेयर मूल्य ८३ प्रतिशतले घट्यो । यो वर्षको अहिलेसम्मको अवधिमा शेयरको भाउ ८८ प्रतिशतले खस्किएको छ । कम्पनीले टाट पल्टिएको घोषणा गर्नु अघि शुक्रबार बेड, बाथ एन्ड बियोन्ड शेयर प्रतिकित्ता २९ सेन्टमा आएर बन्द भएको थियो ।  कम्पनीहरुले आफ्नै शेयर फेरि किन्नु नयाँ कुरा होइन । कम्पनीहरुले यस्ता कार्यक्रमहरुमा ठूलो रकम खर्च गर्ने गरेका छन् । यो वर्ष अमेरिकी कम्पनीहरुले शेयर पुनः खरीदमा १० खर्ब डलरभन्दा धेरै खर्चेका छन् । बेड, बाथ एन्ड बियोन्ड शेयर बाइ ब्याकमा अर्बौ डलर खर्च गर्ने पहिलो खुद्रा विक्रेता पनि थिएन । सियर्स होल्डिङ्ले सन् २००५ देखि सन् २०१८ को बीचमा टाट पल्टिए भनेर आवेदन दिएको अवधि बीचमा शेयर बाइब्याकमा ६ अर्ब डलर खर्च गरेको थियो ।  के हो शेयर बाइ ब्याक ? कम्पनीले आफ्नै कम्पनीको शेयर किन्नु नै शेयर बाईब्याक अर्थात् शेयर पुनः खरीद हो । यो आफू जारी वा विक्री गरेको शेयर कम्पनीले आफै किन्ने पाउने व्यवस्था हो । यसलाई कम्पनीले शेयरधनीहरुलाई अप्रत्यक्ष रुपमा पैसा फिर्ता दिने तरिका भन्दा पनि हुन्छ ।  कम्पनीले कुनै त्रैमासमा १० करोड डलर कमायो अनि उसँग १० करोड डलरको आउस्ट्यान्डिङ शेयर छ भने । यसको कमाई प्रतिकित्ता शेयरमा १ डलर हुन्छ । उसले १ करोड कित्ता शेयर बाइ ब्याक गर्याे भने कम्पनीको कूल मुनाफा घट्दैन । तर प्रतिकित्ता शेयरमा कमाई चाँहि ११ प्रतिशतले बढेर १ डलर ११ सेन्टमा पुग्छ । एजेन्सीहरुको सहयोगमा 

सम्बन्धित सामग्री

बागलुङमा गर्भपतन गराउने किशोरी बढे

बागलुङ : अहिले बजारका औषधी पसलमा छ्याप्छ्प्ती गर्भपतन गराउने औषधी पाइन्छ्। कानुनतः सरकारले अनुमति दिएका औषधी पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधी बेच्न पाउँछन्। तर धेरै निजी अस्पतालले जथाभावी रूपमा यस्ता औषधी बेच्ने गरेका छन्।पछिल्लो समय असुरक्षित यौनसम्बन्ध र अनिच्छित गर्भका कारण गर्भपतन गराउने क्रम बढ्दो छ। ग्रामीण इलाकामा भन्दा बजार क्षेत्रमा गर्भपतन गराउने महिलाको संख्या बढी छ। स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५७६ जनाले गर्भपतन जसमध्ये २० वर्ष मुनि

तीन वटै क्षेत्रको उपनिर्वाचन एकैदिन गराउने आयोगकाे तयारी

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउने तयारीकै क्रममा अन्य दुई वटा निर्वाचन क्षेत्रमा पनि आगामी वैशाख १० गते उपनिर्वाचन गराउने विषयमा छलफल अघि बढाएको छ ।आयोगले वैशाख १० गते नै चितवनमा उपनिर्वाचन गराउने क्रममा तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन गराउन सकिने विषयमा प्रारम्भिक छलफल […]

बहुदरमाईले मधेस विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने

काठमाडौँ,१० माघ । मधेस विश्वविद्यालय सञ्चालनका लागि पर्साको बहुदरमाई नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । बहुदरमाई –२ स्थित पिपराटोलमा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा नगरपालिकासंग विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने सहमति भएको विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले जानकारी दिए । उनका अनुसार नगरपालिकाले २५ देखि ३० बिघा क्षेत्रफल जग्गा विश्वविद्यालयलाई उपलब्ध गराउने छ । बहुदरमाई नगरपालिकाका […]

लुम्बिनी प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै शपथ गराउने

लुम्बिनी प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै एकसाथ शपथ गराउने भएका छन् । अन्य प्रदेशमा ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराउने र बाँकी सदस्यलाई ज्येष्ठ सदस्यले शपथ गराउने तयारी भइरहँदा लुम्बिनी प्रदेशमा भने प्रदेशसभाका सबै सदस्यलाई प्रदेश प्रमुखले नै सामुहिक रुपमा शपथ गराउने तयारी भएको हो ।लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को ४ को अनुसूची १ ढाँचा अनुसार सबै सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने तयारी भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले रातोपाटीलाई

खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा अनिश्चितकालका लागि बन्द

जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।...

हिताचीकाे नयाँ उत्पादन उपलब्ध गराउने घोषणा

काठमाडौँ – हिताचीले बजारमा नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको छ। हिताचीले शुक्रबार बजारमा नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको हो। मिडिया, कम्पनीका अधिकृत डिलर र हिताची तथा युनिभर्सल इलेक्ट्रोकम प्रालिका प्रतिनिधिको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा हिताचीले चाँडै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादन ल्याउने घोषणा गरेको थियो। ती उत्पादनमा हिताची […]

चाँगुनारायण नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने

चाँगुनारायण नगरपालिकाले आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग समन्वय गर्दै नागरिकलाई आवश्यक रगत रेडक्रसले दिने र त्यस वापतको रकम नगरपालिकाले रेडक्रसलाई उपलब्ध गराउने गरी नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको नगर प्रमुख  जीवन खत्रीले बताए ।उनले ज्येष्ठ नागरिकलाई घरघरमा गएर निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने, चाँगुनारायण नगर अस्पतालको स्तरोन्नति गर्दै सेवा विस्तार गर्ने, क्यान्सर रोकथाम गर्न विज्ञ चिकित्सकसँग परामर्

डडेल्धुरामा सुरक्षित गर्भपतन गराउने बढ्दै

डडेल्धुरा – जिल्लामा बर्सेनि गर्भपतन गराउने महिला बढीरहेका छन् । दुई नगरपालिका र पाँचगाउँपालिका गरी सात वटा स्थानीयतह रहेको डडेल्धुरामा सुरक्षित गर्भपतन गराउने बढ्दै गइरहेका छन् । सुरक्षित गर्भपतन गराउने सूचीकृत स्वास्थ्य संस्थाहरूको संख्या बढेसँगै जिल्लामा सुरक्षित गर्भपतन गराउने पनि बढिरहेका हुन् ।चालु आर्थिक वर्षको अहिलेसम्म मात्रै डडेल्धुरामा ८ सय ५४ जनामहिलाले सुरक्षित गर्भपतन गरेको […]

सरकारले चलचित्रकर्मीहरुलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराउने

काठमाडौं : सरकारले चलचित्रकर्मीहरुलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ। यो महिनाको अन्त्यसम्ममा सरकारले चलचित्र विकास बोर्डलाई खोप उपलब्ध गराउने भएको हो। सरकारले कति डोज खोप उपलब्ध गराउँछ भन्ने अहिले नै टुंगो लागेको छैन। यद्यपि, सरकारले खोप उपलब्ध गराउने भएपछि चलचित्र विकास बोर्डले विभिन्न संघसंस्थालाई सदस्यहरुको सूची तयार गर्न आग्रह…

अमेरिकाले अरू देशलाई आस्ट्राजेनेकाको खोप उपलब्ध गराउने

आस्ट्राजेनेकाको कोरोना भाइरसविरुद्धको खोप अरु देशलाई सहयोगस्वरूप उपलब्ध गराउने बताएको छ