बागलुङ : अहिले बजारका औषधी पसलमा छ्याप्छ्प्ती गर्भपतन गराउने औषधी पाइन्छ्। कानुनतः सरकारले अनुमति दिएका औषधी पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधी बेच्न पाउँछन्। तर धेरै निजी अस्पतालले जथाभावी रूपमा यस्ता औषधी बेच्ने गरेका छन्।पछिल्लो समय असुरक्षित यौनसम्बन्ध र अनिच्छित गर्भका कारण गर्भपतन गराउने क्रम बढ्दो छ। ग्रामीण इलाकामा भन्दा बजार क्षेत्रमा गर्भपतन गराउने महिलाको संख्या बढी छ। स्वास्थ्य कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५७६ जनाले गर्भपतन जसमध्ये २० वर्ष मुनि