अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्वकपमा छनोट हुने ३१ औँ टोली बनेको छ । गोलकिपर एन्ड्रयु रेडमेन नायक बनेपछि अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५- ४ गोलले हराएको हो ।निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । रेडमेनले अन्तिममा एलेक्स भलेराको प्रहार रोक्दै अस्ट्रेलियालाई लगातार पाँचौ विश्वकमा छनोट गराउन सफल भए । अस्ट्रेलिया २००६ को विश्वकपपछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ ।अस्ट्रेलिया समूह डीमा फ्रान्