काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनले आउँदो प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको सिट बाँडफाँडका लागि बनाएको कार्यदलले काम सुरु गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो बैठक बसेर कार्यदलले छलफल सुरु गरेको हो। पहिलो बैठकले कार्यदलको संयोजकमा जेष्ठ सदस्यसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेका छ भने मिडिया ब्रिफिङको जिम्मेवारी सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्र बहादुर […]