काठमाडौं : सत्तारुढ दलहरू सबैले बढी सिट दाबी गरेका कारण सिट बाँडफाँड गर्न गठबन्धन दललाई सकस परेको छ। सिट बाँडफाँडको खाका बनाउन गठित कार्यदलको बैठकले आज पनि सहमति जुटाउन सकेन।बिहीबार साँझ बसेको कार्यदल बैठकमा गठबन्धनका दलले आगामी निर्वाचनका लागि आफ्नो सिट संख्या दाबी गरेका थिए। दाबीबाट कुनै पनि दल पछाडि नहट्दा गठबन्धनलाई सिट संख्या टुङ्ग्याउन आज पनि सकस परेको हो।कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकको जानकारी दिँदै आइतबार दिउँसो ४ बजे संघ र प्रदेशमा परे