बालुवाटारमा गठबन्धनको बैठक जारी, सिट बाँडफाँड टुंग्याउने प्रयास

काठमाडौँ–  सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजेदेखि बसिरहेको बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति जुटाउने प्रयास भइरहेको छ ।  शीर्षनेताहरू सहभागी उक्त बैठकमा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँड टुंग्याउने गरी छलफल भइरहेको छ ।  सिट बाँडफाँड गर्न गठित […]

सम्बन्धित सामग्री

दलहरूले सिट धेरै मागेपछि गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौँ : राष्ट्रियसभामा खाली हुने १९ सिटको बाँडफाँड गर्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीलगायत सत्तारुढ दलहरू सहभागी थिए। दलहरुले सिट धेरै मागेपछि बैठक बिना निष्कर्ष सकिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। जनमतका आधारमा राष्ट्रियसभाको सिट बाँडफाँड गर्ने तयारी भइरहेको भए पनि दलहरुबीच मत नमिलेको उनले बताए। कांग्रेसले १०, माओवादीले ७, एकीकृत समाज

सिट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं– सिट बाँडफाँडको टुंगो लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएकाे छ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँड गरी उम्मेदवारी दिने विषयमा छलफल गर्न ३ बजे बस्ने बैठक बस्न लागेको हो ।   झन्डै दुई महिना देखी जारी प्रयासले आज अन्तिमरूप लिने नेताहरूले बताएका छन […]

बालुवाटारमा गठबन्धनको बैठक बस्दै

काठमाडौं : सिट बाँडफाँडका लागि सत्ता गठबन्धन दलले बैठक जारी राखेको छ। मंगलवार दुई पटक बसेको बैठकबाट पनि दलहरु निचोडमा पुग्न सकेका छैनन्। मंगलवार साँझको बैठकपछि सिट बाँडफाँड ८० प्रतिशत टुंगोमा पुगेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। 'सिट बाँडफाँड करिब निष्कर्षको नजिकमा पुगेको छ। ८० प्रतिशत भागभन्डा…

सत्ता गठबन्धनले असोज ४ गते सिट बाँडफाँड टुंग्याउने

काठमाडौँ – सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेश गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँड टुंग्याउने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाट टुंगो लगाउने समझदारी बनेको छ। सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि नै दिएका थिए। […]

गठबन्धनको बैठक भोलि बस्ने

काठमाडौँ : आगामी निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको भाका फेरि सारिएको छ।आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक शीर्षस्थ नेता जिल्ला बाहिर रहेकाले ५ बजेका लागि सरेको थियो। बिहान चितवन पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो काठमाडौँ आइपुगे पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू काठमाडौँ नफर्किएपछि बैठक बस्न नसकेको हो।अब गठबन्धनको बैठक भोलि दिउँसो ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सिट बाँडफाँड गर्न गठि

सिट बाँडफाँड गर्न १० घण्टा बसेको गठबन्धनको बैठक छलफलमै सीमित

काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि सिट बाँडफाँड गर्न बसेका पाँच दलका शीर्ष नेताहरुको बैठक छलफलमै सीमित भएको छ। बालुवाटारमा दिउँसो १२ बजेदेखि राति १० बजेसम्म चलेको बैठकमा बाँडफाँटका विषयमा विभिन्न चरणमा छलफल भए पनि निष्कर्ष निस्कन नसकेको हो। प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा […]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, सिट बाँडफाँड टुँगो लगाउने

काठमाडौं, ७ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् । आगामी मसिर ४ गते हुने निर्वाचनको लागि सिट बाँडफाँडबारे आजको बैठकमा छलफल भैरहेको जनाईएको छ । गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेसले १०० सिटमा दाबी गरेको छ । […]

सिट बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपराह्न ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ । जस कारण सोमबार गठबन्धनका […]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन आज साढे ११ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक सारेर अहिले ३ बजेदेखि सुरु भएको हो । गठबन्धन दलका नेताहरुका अनुसार नेपाली काँग्रेसले समय मागेकाले बैठक सारिएको थियो । सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि सहमति हुन सकेको थिएन ।

काँग्रेसले समय मागेपछि गठबन्धनको बैठक सर्यो

महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन साढे ११ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक सरेको छ । गठबन्धन दलका नेताहरुका अनुसार नेपाली काँग्रेसले समय मागेकाले साढे ११ बजेका लागि तय भएको गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको हो । सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि सहमति हुन सकेको थिएन ।  यसैबीच नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुुर देउवाले काँग्रेस कास्कीका नेताहरुलाई काठमाडौं बोलाएका छन