सत्ता गठबन्धन सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्दै छ।बैठक अपराह्न ४ बजे बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।गत शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँटका विषयमा छलफल भएको थियो।दलहरूले आ–आफ्नै दाबी प्रस्तुत गरेको सञ्च

सम्बन्धित सामग्री

बिहान १० बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् : १. सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै सत्ता गठबन्धन सिट बाँडफाँड कार्यदलको बैठक आज […]

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न सहयोगका लागि सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दै छ । सत्ता गठबन्धनमा सिट बाँडफाँडको मोडालिटीबारे आ–आफ्नो पार्टीमा छलफल गरेपछि आज कार्यदलको बैठक बस्न लागेको हो ।  कार्यदल संयोजक कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्त्वमा बैठक बस्नेछ । यसअघि, सोमबार कुन मोडालिटीमा सिट...