बङ्गलादेशसँगको टेस्ट क्रिकेट शृङ्खला भारतले जितेको छ । मिरपुरमा बङ्गलादेशले दिएको एक सय ४५ रनको लक्ष्य भारतले आज आइतवार सात विकेट गुमाएर भेटाएसँगै शृङ्खला दुई–शून्यले जितेको हो ।
भारतले ७४ रन बनाउँदा सात विकेट गुमाइसकेको थियो । तर श्रेयस अय्यरले नटआउट २९ र रवीचन्द्रन अश्विनले ४२ रन बनाउँदै भारतलाई जिताए । बलिङतर्फ बङ्गलादेशका मेहदी हसन मिराजले पाँच र शकिब अल हसनले दुई विकेट लिए ।
बङ्गलादेशले टस जितेर पहिले पहिले ब्याटिङ गर्ने निर्णय गर्दै पहिलाे पारीमा दुई सय २७ रन बनाएकाे थियाे । त्यसप...