काठमाण्डाै – इङ्गल्याण्डसँगकाे तेस्रो टेस्ट भारतले १० विकेटले जितेको छ । इङ्गल्याण्डले दिएको ४९ रनको झिनाे लक्ष्य भारतले एक विकेट पनि नगुमाइ पूरा गर्याे । भारतका लागि राेहित शर्मा २५ र शुभमन गिल १५ रनमा अविजित रहे ।
पहिलो पारीमा दुवै टोलीले खराब प्रदर्शन गरेपछि भारत र इङ्गल्याण्डकाे टेस्ट दोस्रो दिनमै सकिएको छ ।
यसअघि तेस्रो टेस्टकाे पहिलो पारीमा भारतलाई एक सय ४५ रनमा अलआउट गरेको इङ्गल्याण्ड ८१ रनमा अलआउट भयो । उसका ज्याक क्राउली, जेम्स एण्डरसन र जोनी ब्रेस्टोले खाता नै खोल्न सकेनन् । अली पोप १२, ...