टेस्ट क्रिकेटमा भारतकाे सबैभन्दा ठूलाे जित, न्युजिल्यान्डलाई ठूलाे अन्तरले हरायाे

काठमाण्डाै – भारतले मुम्बईमा भएको दोस्रो टेस्टमा न्युजिल्यान्डलाई तीन सय ७२ रनले हराएको छ । टेस्ट क्रिकेटमा भारतको यो सबैभन्दा ठूलो जित हो । यसअघि भारतले ६ वर्षअघि सन् २०१५ मा दक्षिण अफ्रिकालाई दिल्लीमा तीन सय ३७ रनले हराएको थियो । योसँगै भारतले न्युजिल्यान्डसँगको दुई खेलको टेस्ट शृङ्खला एक–शून्यले जितेको छ । यसअघि कानपुरमा भएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । घरेलु जमिनमा भारतले यो लगातार १४ औँ शृङ्खला जितेको हो ।    रविचन्द्रन अश्विन शृङ्खलामा १४ विकेट लिँदै 'प्लेयर अफ द सिरिज' ब...