श्रीलङ्कासँगकाे टेस्ट शृङ्खलामा भारतकाे 'क्लिन स्वीप'

श्रीलङ्कासँगको टेस्ट शृङ्खला भारतले क्लिन स्वीप गरेकाे छ । बेङ्गलाेरमा भएको दोस्रो टेस्ट आज दुई सय ३८ रनले जितेसँगै भारतले दुई खेलको शृङ्खलामा क्लिन स्वीप गरेकाे हाे ।  भारतले दिएको चार सय ४७ रनको लक्ष्य पछ्याएको श्रीलङ्का दुई सय आठ रन बनाउँदा अलआउट भयो । श्रीलङ्काका लागि दिमुथ करुणारत्नेले सर्वाधिक एक सय सात रन बनाए । यस्तै कुशल मेन्डिजले ५४ रन जाेडे । बलिङतर्फ भारतका रवीचन्द्रन आश्विनले चार र जसप्रित बुमराहले तीन विकेट लिए । दोस्रो इनिङ्समा भारतले तीन सय तीनमा नाै विकेट गुमाएकाे अवस्थामा इनिङ्स समाप्तिको घोषणा ग...