काठमाण्डाै – बङ्गलादेशसँगकाे पहिलो टेस्ट क्रिकेट भारतले जितेको छ । चट्गाउँमा भएको खेलमा भारतले बङ्गलादेशलाई एक सय ८८ रनले हरायो ।
पाँच सय १३ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेश आज आइतवार पाँचौँ दिनको पहिलो सेसनमै तीन सय २४ रन बनाउँदा अलआउट भयो । उसका लागि जाकिर हसनले १ सय र शाकिब अल हसनले ८४ रन बनाए । बलिङतर्फ भारतका अक्षर पटेलले चार र कुलदीप यादवले तीन विकेट लिए ।
भारत र बङ्गलादेशबीच दुई खेलको टेस्ट शृङ्खला हुन लागेकाे हाे । यसअघि भएको तीन खेलको एकदिवसीय शृङ्खला&nb...