काठमाण्डाै – दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेट भारतले एक सय १३ रनले जितेको छ । सेन्चुरियनमा भारतले दिएको तीन सय पाँच रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका एक सय ९१ रन बनाउँदा अलआउट भयो । उसका लागि डिन इल्गरले सर्वाधिक ७७ रन बनाए । बलिङतर्फ भारतका जसप्रीत बुमराह र मोहम्मद शमीले तीन/तीन तथा मोहम्मद सिराज र रविचन्द्रन अश्विनले दुई/दुई विकेट लिए ।
यसअघि भारतले टस जितेर पहिले ब्याटिङ गर्दै पहिलाे पारीमा तीन सय २७ रन बनाएकाे थियाे । उसका लागि केएल राहुलले एक सय २७, मयंक अग्रवालले ६०, अजिन्क्या रहाणेले ४८ ...