काठमाण्डाै - भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्डलाई हराएको छ । लर्डसमा भएको खेलमा भारतले इङ्ग्ल्यान्डलाई १ सय ५१ रनको फराकिलो अन्तरले हराएको हो । जितसँगै भारतले पाँच खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।
पहिलो पारीमा २७ रनले पछि परेको भारतले २ सय ९८ रन बनाउँदै दोस्रो पारी अन्त्यको घोषणा गरेको थियो । २ सय ७२ रनको लक्ष्य पाएको इङ्ग्ल्यान्ड १ सय २० रनमा अलआउट भयो । उसका कप्तान जोए रुटले ३३, जोस बट्लरले २५ तथा मोइन अलीले १३ रन बनाए ।
भारतका मोहमद सिराजले ४ विकेट लिए । जस्प्रित बुम्राहले ३ तथा...