काठमाण्डाै – इङ्ग्ल्याण्डसँगको दोस्रो टेस्ट क्रिकेट भारतले तीन सय १७ रनले जितेको छ । चार सय ८२ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड चौथो दिनको खाना समयअघि नै एक सय ६४ रन बनाउँदा अलआउट भएपछि भारत विजयी भएको हो ।
इङ्ल्याण्डका लागि मोइन अलीले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै कप्तान जोए रुट ३३ रनमा आउट भए । भारतका अक्षर पटेलले पाँच, रविचन्द्रन अश्विनले तीन र कुलदीप यादवले दुई विकेट लिए ।
भारतले पहिलो पारीमा तीन सय २९ रन बनाउँदा इङ्ग्ल्याण्डको टोली एक सय ३४ रनमा अलआउट भएको थियो । यसरी भारतले पहिलो पारीको आ...