काठमाडौं (अस) । लक्ष्मी बैंकले शाखा काठमाडौं महानगर–२९ डिल्लीबजारमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।
डिल्लीबजारको कालिकामार्गमा रहेको यो शाखामार्फत बैंकले सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । डिल्लीबजार शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ सुविधा उपलब्ध हुने बैंकले बताएको छ ।
बैंकले हाल १४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७२ एटीएम, ६३ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।