लक्ष्मी बैंकको शाखा बूढानीलकण्ठमा

काठमाडौं (अस) । लक्ष्मी बैंकले काठमाडौंको बूढानीलकण्ठमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले बुढानीलकण्ठ–६ स्थित गणेश चोकमा शाखा विस्तार गरेको हो । यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । हाल बैंकले १३० शाखा, ६ एक्सटेन्सन काउन्टर एवं ५ हस्पिटल सेवा काउन्टर, १५९ एटीएम र ६१ शाखारहित माध्यमबाट बैंकिङ सेवा दिँदै आएको छ ।