काठमाडौं (अस) । लक्ष्मी बैंकले सुनसरीको इटहरी उपमहानगर–१६ पकलीमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । इटहरीको भाटभटेनी सुपरमार्केट परिसरभित्र रहेकोे यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । हाल बैंकले १३७ शाखा, ७ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर र १६७ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।