काठमाडौं (अस) । लक्ष्मी बैंकले काठमाडौैं महानगरपालिका–१७ क्षेत्रपाटीमा शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएकोे छ ।
बैंकले क्षेत्रपाटी शाखामार्फत ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराइने बताएको छ ।
यो शाखामार्फत रिटेल बैंकिङका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य रहेको बैंकको भनाइ छ ।
हाल बैंकले १३३ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६२ एटीएम, ६१ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।