काठमाडौं (अस) । लक्ष्मी बैंकले कास्कीको पोखरा महानगरपालिका लेखनाथमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।
पोखरा महानगरपालिकाको लेखनाथ (तालचोक) मा रहेको यो शाखामार्फत बैंकले ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउनेछ ।
हाल बैंकले १२८ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५७ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।