काठमाडौं (अस) । लक्ष्मी बैंकले रौतहटको गरुडा नगरपालिका–४ गरुडा बजारमा शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको छ । गरुडा शाखाबाट बैंकले अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने जनाएको छ । गरुडा शाखाबाट रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य रहेको बैंकले बताएको छ । हाल बैंकले १३४ शाखा, १६३ एटीएम, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको छ ।