पोखराको बिरौटामा लक्ष्मी बैंकको शाखा

काठमाडौं (अस) । लक्ष्मी बैंकले कास्कीको पोखरा महानगर–१७ स्थित बिरौटामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बिरौटा शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । हाल बैंकले १३६ शाखा, ७ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, ६३ शाखारहित बैंकिङ र १६६ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

सम्बन्धित सामग्री

पोखराको बिरौटामा लक्ष्मी बैंकको शाखा विस्तार

काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. १७ को बिरौटामा लक्ष्मी बैंकको नयाँ शाखा कार्यालय विस्तार भएको छ ।बैंकले बिरौटामा आफ्नो १३६औं शाखा संचालनमा ल्याएको हो ।यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने बताएको छ ।

लक्ष्मी बैंकको १३६ औं शाखा पोखराको बिरौटामा

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३६ औं शाखा कास्की जिल्लाको पोखरा महानगरपालिका–१७ को बिरौटामा सञ्चालनमा ल्याएकोे छ । शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । नयाँ शाखाको शुरूआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३६ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६६ एटीएम, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेका छन् । ...