सिरहाको मिर्चैयामा लक्ष्मी बैंकको शाखा

काठमाडौं (अस) । लक्ष्मी बैंकले सिरहाको मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकमा शाखा विस्तार गरी बैंकिङ कारोबार सञ्चालनमा ल्याएको छ । मिर्चैया शाखामार्फत रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य रहेको बैंकले जनाएको छ । बैंकले नयाँ शाखाबाट सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायत सेवा उपलब्ध गराउनेछ ।