प्रदेश १ सरकारले शुक्रबारबाट विराटनगरमा थप १ सय ४ बेडको कोराना अस्पताल संचालनको तयारी गर्ने भएको छ ।प्रदेशमा दिनहुँ कोराना संक्रमितको संख्या बढेसँगै गम्भीर भएर अस्पताल भर्ना हुने संक्रमितको सहज उपचारका लागि विशिष्टिकृत सेवासहितको कोराना अस्पताल संचालन गर्न लागेको हो ।विराटनगरको कोभिड १९ उपचार केन्द्रको दोश्रो ब्लकमा रहेको नागरिक केयर सेन्टरमा आवश्यक जनशक्तिको व्यवस्थापन सहित संक्रमितको उपचार शुरु गर्न लागिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केयर सेन्टरको अवलोकनपछि अस्प