सनराइज बैंकद्वारा तीन शाखारहित बैंकिङ्ग सेवा बिस्तार

सनराइज बैंकले थप तीनवटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले हालैमात्र प्रदेश १ को उदयपुर, सुनसरी र पश्चिम, सुदूरपश्चिम प्रदेशको कैलाली भजनीमा शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो । बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले यी स्थानमा शाखारहित बैकिङ सेवा बिस्तार गरेको बैंकले जनाएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८३ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि जुटमिल चोकका अमनक