जेठ १२, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण विहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी चैत महीनाको तुलनामा वैशाख महीनामा बढेको छ । चैत मसान्तसम्ममा रू.३ करोड ३७ लाख नोक्सानीमा रहेको उक्त फण्डको नोक्सानी वैशाख मसान्तसम्ममा बढेर रू. ४ करोड २४ लाख पुगेको हो ।
वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भई आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । फण्डको कुल खर्च चैत मसान्तसम्ममा कुल रू.६० लाख ३० हजार रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. ६८ लाख ३५ हजार पुगेको हो । त्यसैगरी वैशाख मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ३ करोड ५६ लाख ऋणात्मक रहेको छ ।
त्यसैगरी फण्डको एनएभी पनि चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ । चैत महीनामा फण्डको एनएभी रू. ११ दशमलव ६८ रहेकोमा वैशाख महीनामा रू. ११ दशमलव ४९ कायम भएको हो ।
त्यसैगरी फण्डको सूचीकृत शेयरमा लगानी चैत महीनाको तुलनामा वैशाख महीनामा ३ दशमलव ९१ प्रतिशतले घटेको छ । फण्डले चैत मसान्तसम्ममा सूचीकृत शेयरमा रू.२९ करोड ४१ लाख रहेकोमा वैशाखमा रू. २८ करोड २६ लाखमा झरेको हो ।