मंसिर १२, काठमाडौं । एनआईबिएल सहभागिता फण्डले खुद सम्पत्ति मूल्य विवरण आइतवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी असोज महीनाको तुलनामा कात्तिक महीनामा घटेको छ । असोज मसान्तसम्ममा रू.१ करोड ३३ लाख ८४ हजार नोक्सानी रहेकोमा उक्त फण्डको नोम्सानाी कात्तिक मसान्तसम्ममा घटेर रू. ६६ लाख ८५ हजार मा झरेको हो ।
त्यसैगरी फण्डको एनएभी असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा वृद्धि भएको छ । फण्डको एनएभी असोज मसान्तसम्ममा रू. १२ दशमलव १५ रहेकोमा कात्तिक मसान्तमा बढेर रू.१२ दशमलव ३३ पुगेको हो ।
त्यसैगरी फण्डको सूचीकृत शेयरमा लगानी भने वृद्धि भएको छ । असोज मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू.१९ करोड ५५ लाख ७४ हजार लगानी रहेकोमा कात्तिक मुसान्तसम्ममा बढेर रू. २३ करोड ७५ लाख ७९ हजार पुगेको हो ।
कात्तिक मसान्तसम्ममा फण्डले लगानी गरेका कम्पनीहरुको शेयरमूल्य बढेसँगै सूचीकृत शेयरमा लगानी बढेको हो । उक्त फण्ड एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको छ ।