मंसिर मसान्तमा एनआईबिएल सहभागिता फण्डको एनएभी घट्यो

पुस १३, काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फण्डले मंसिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तमा घटेको छ ।   फण्डको एनएभी कात्तिक मसान्तसम्ममा रू. १२ दशमलव ३३ रहेकोमा मंसिर मसान्त सम्ममा रू. ११ दशमलव ३४ मा झरेको हो । त्यसैगरी फण्डको नोक्सानी पनि कात्तिक महीनाको तुलनामा मंसिर महीनामा बढेको छ ।  फण्डले कात्तिक मसान्तसम्ममा रू. ६६ लाख ८५ हजार नोक्सानी ब्यहोरेकोमा मंसिर मसान्तसम्ममा बढेर रू. ४ करोड ५१ लाख २१ हजार पुगेको हो ।  त्यसैगरी फण्डको सूचीकृत शेयरमा लगानी घटेको छ । कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २३ करोड ७५ लाख ७९ हजार लगानी गरेको उक्त फण्डको लगानी मंसिर मसान्तसम्ममा घटेर रू. २१ करोड २० लाख ३३ हजारमा झरेको हो । मंसिर महीनामा लगानी गरेका कम्पनीको शेयरमूल्य घटेसँगै समग्र सूचीकृत शेयरमा फण्डको लगानी पनि घटेको छ ।  

सम्बन्धित सामग्री

एनआईबिएल सहभागिता फण्डको लाभांश पुनः लगानी गर्न सकिने

काठमाडौं । एनआईबिएल सहभागिता फण्डको लाभांश पुनः लगानी गर्न सकिने भएको छ । योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले सूचना जारी गर्दै लाभांश पुनः लगानी गर्न सकिने जानकारी दिएको हो । खुलामुखी प्रकृतिको यस योजनामा सहभागी इकाईधनीहरूले कर तथा निर्धारित डिपि शुल्क कट्टा गरी बाँकी रहेको रकमबाट यस योजनाको थप इकाईहरू खरीद गर्न सकिने योजना व्यवस्थापकको भनाइ छ । साविक एनआईबिएल एस क्यापिटल लिमिटेडले यो योजना सञ्चालनका लागि इकाई जारी गरेको थियो । यस योजनाले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट करसमेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो लाभांश प्रयोजनका लागि साउन ११ गते बुक क्लोज गरिएको हुँदा साउन १० गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

एनआईबिएल सहभागिता फण्डको डीपी शुल्क घट्यो

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डले इकाई कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क (डीपी फी) घटाएको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले उक्त खुलामुखी योजनाका इकाई कारोबारमा लाग्ने डीपी शुल्क घटाएको हो । भोलि चैत १ गतेदेखि लागू हुने गरी यो योजनाका इकाईहरू प्रतिकारोबार डीपी शुल्क ५ रुपैयाँ कायम गरिएको छ । यसअघि प्रत्येक कारोबारमा २५ रुपैयाँ थियो । योजनाको कोष प्रवर्द्धकमा नेपाल इन्भेस्टमेण्ट मेगा बैंक रहेको छ । विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

एनआईबिएल सहभागिता फण्डको लाभांश घोषणा

नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबर्द्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामखी योजनाले लाभांश घोषणा गरेको छ।योजनाको आर्थिक बर्ष २०७८/०७९ को लेखापरिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०७९/०५/०९ गते अपरान्ह ३:३० बजे बसेको संचालक समितिको ९९औं बैंठकले आर्थिक बर्ष २०७८/०७९ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ७.२०% (सात दशमलव दुई सुन्य प्रतिशत) प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो। क्यापिटलले लाभांश वितरणको लागि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।   सो मिति सम्म कायम रहेका इकाईधनीहरु मात्र माथि उल्लेखित लाभांशका लागि योग्य मानिने छन् । “एनआईबिएल सहभागिता फण्ड” एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने (कर तथा निर्धारित DP शुल्क कट्टी पछिको लाभांश रकम बराबरले हुन आउने रकम समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको क्यापिटलले जनाएको छ । यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सकेका योग्य इकाईधनीहरुको हितग्राही खाता (DEMAT Account) मा यथासिघ्र इकाईहरु पठाईने क्यापिटलले जनाएको छ।

एनआईबिएल सहभागिता फण्डको आकार ५० करोड बढ्यो

जेठ २०, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको एनआईबिएल सहभागिता फण्डको आकार वृद्धि भएको छ ।  योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका अनुसार यस योजनाको आकार रू. ५० करोड बढेको हो । यस अघि रू. ५० करोड बराबरको ५ करोड इकाई रहेकोमा सो आकार वृद्धि भई रू. १ अर्ब बराबरको १० करोड इकाई कायम भएको हो ।  खुलामुखी प्रकृतिको यस योजनाको आकार वृद्धिका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको हो ।  जेठ १७ गतेदेखि लागू हुने गरी बोर्डले योजना व्यवस्थापकलाई आकार वृद्धिको लागि स्वीकृति प्रदान गरेको हो ।  खुलामुखी प्रकृतिका योजनाको इकाई धितोपत्र दोस्रो बजारमा सूचीकृत नहुने हुँदा योजना व्यवस्थापकको सम्पूर्ण कार्यालयहरु, तोकिएको वितरकको कार्यालयहरु र अनलाइनमार्फत कारोबार गर्न सकिने व्यवस्था छ ।

एनआईबिएल सहभागिता फण्डको इकाइहरूको बिक्री अब अनलाइनबाटै गर्न सकिने

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता फण्ड’ (खुलामुखी योजना) को इकाईहरूको बिक्री अब विद्युतीय माध्यमबाट गर्न सकिने भएको छ । हाल योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्घारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ यस योजनाका स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणाली मार्फत खरीद तथा अन्य विभिन्न अनलाईन सुविधाहरुको व्यबस्था गर्दै आइरहेका थियो ।  यस क्यापिटलले अब यस योजनाका...

अनलाइनबाटै एनआईबिएल सहभागिता फण्डको इकाई खरीद बिक्रि गर्न सकिने

एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) को इकाईहरु स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणालीबाट खरीद बिक्रि गर्न सकिने भएको छ । योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल एस क्यापिटलले मङ्सिर १९ गते आइतबारबाट अनलाइन कारोबार प्रणालीबाट योजनाको इकाई खरीद बिक्रि गर्न सक्ने ब्यबस्था गरेको हो ।यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्घारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका आवश्यक पूर्वाधार निर्माण गरी अनलाइन कारोबार प्रणाली सुरु गरिएको क्यापिटलले जनाएको छ  ।  https://mutualfund.niblcapital.com/ मार्फत यो सेवा लिन सकिने क्यापिटलले उल्लेख गरेको छ ।

कात्तिक मसान्तसम्ममा एनआईबिएल सहभागिता फण्डको नोक्सानी घट्यो

मंसिर १२, काठमाडौं । एनआईबिएल सहभागिता फण्डले खुद सम्पत्ति मूल्य विवरण आइतवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार फण्डको नोक्सानी असोज महीनाको तुलनामा कात्तिक महीनामा घटेको छ । असोज मसान्तसम्ममा रू.१ करोड ३३ लाख ८४ हजार नोक्सानी रहेकोमा उक्त फण्डको नोम्सानाी कात्तिक मसान्तसम्ममा घटेर रू. ६६ लाख ८५ हजार मा झरेको हो ।  त्यसैगरी फण्डको एनएभी असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा वृद्धि भएको छ । फण्डको एनएभी असोज मसान्तसम्ममा रू. १२ दशमलव १५ रहेकोमा कात्तिक मसान्तमा बढेर रू.१२ दशमलव ३३ पुगेको हो ।  त्यसैगरी फण्डको सूचीकृत शेयरमा लगानी भने वृद्धि भएको छ । असोज मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू.१९ करोड ५५ लाख ७४ हजार लगानी रहेकोमा कात्तिक मुसान्तसम्ममा बढेर रू. २३ करोड ७५ लाख ७९ हजार पुगेको हो ।  कात्तिक मसान्तसम्ममा फण्डले लगानी गरेका कम्पनीहरुको शेयरमूल्य बढेसँगै सूचीकृत शेयरमा लगानी बढेको हो । उक्त फण्ड एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको छ ।

एनआईबिएल फण्डको इकाइ खरिद गर्दा इसेवाबाट भुक्तानी

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटलले इसेवामार्फत एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सक्ने जनाएको छ । कम्पनीले ग्राहकहरुको सहजताका लागि इसेवासँग भुक्तानी सेवा सम्बन्धी सम्झौतापत्रम हस्ताक्षर गरेको जनाएको छ ।यसअघि एनआईबिएल सहभागिता फण्डका लगानीकर्तालाई कनेक्ट आइपीएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको इ–बैंकिङबाट पनि सेवा भुक्तानीको व्यवस्था […]

असोज मसान्तसम्म एनआईबिएल सहभागिता फण्डको एनएभी रू. १२.१५

कात्तिक ११, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डले असोज मसान्त सम्ममको खुद सम्पत्तिको मूल्य विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी असोज मसान्तसम्ममा रू. १२ दशमलव १५ रहेको छ । भदौ मसान्तसम्मको तुलनामा असोज मसान्तमा फण्डको एनएभी २ पैसाले घटेको हो । भदौ मसान्तसम्ममा रू. फण्डको एनएभी रू. १२ दशमलव ३५ थियो । त्यसैगरी फण्डको सूचीकृत शेयरमा लगानी भदौ मसान्तको तुलनामा असोज मसान्तमा कमी आएको छ । भदौ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. २२ करोड २ लाख ५६ हजार ९३५ लगानी रहेकोमा असोज मसान्तमा घटेर रू. १९ करोड ५५ लाख ७४ हजार मा झरेको हो । त्यस्तै, फण्डको नोक्सानी भदौ मसान्तको तुलनामा असोज मसान्तमा बढेको छ । भदौ मसान्तसम्म फण्डले रू. ६२ लाख १७ हजार ९२६ नोक्सानी ब्यहोरेकोमा असोज मसान्तमा बढेर रू. १ करोड ३३ लाख ८४ हजार ४७७ पुगेको हो ।

एनआईबिएल म्युचुअल फण्डका विजेता घोषणा

नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित खुलामुखी योजना एनआईबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपलक्षमा योजना व्यवस्थापकले लगानीकर्तालाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म वृद्धि गराउने योजना गत असार २० देखि २४ गतेसम्म आवेदन खुला गरेको थियो ।उक्त योजनाको विजेताहरुको घोषणा गोलाप्रथाद्वारा घोषणा गरिएको […]