पुस मसान्तसम्ममा एनआइबिएल सहभागिता फण्डको सूचीकृत शेयरमा लगानी ३१ % ले वृद्धि

माघ १३, काठमाडौं । एनआईबिएल सहभागिता फण्डले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धि विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण फण्डको सूचीकृत शेयरमा लगानी मंसिर महीनाको तुलनामा पुस महीनामा ३१ प्रतिशतले वृद्धि भएको छ । मंसिर मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २१ करोड २० लाख ३३ हजार लगानी रहेको उक्त फण्डको लगानी पुस मसान्तसम्ममा वृद्धि भएर रू. २७ करोड ९१ लाख ६१ हजार पुगेको छ ।  फण्डले पुस महीनामा लगानी गरेका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएसँगै समग्र सूचीकृत शेयरमा लगानी बढेको हो । त्यसैगरी फण्डको एनएभीमा पनि वृद्धि भएको छ । मंसिर मसान्तसम्ममा फण्डको एनएभी रू. ११ दशमलव ३४ रहेकोमा पुस मसान्तसम्ममा वृद्धि भएर रू. १२ दशमलव ६२ पुगेको छ ।  मंसिर मसान्तसम्ममा रू. ४ करोड ५१ लाख २१ हजार नोक्सानीमा रहेको उक्त फण्डको नोक्सानी  पुस मसान्तसम्ममा रू. ५९ लाख २५ हजार धनात्मक भएको छ । पुस मसान्तसम्ममा रू. ९८ लाख ७१ हजार आम्दानी गरकोले फण्ड नाफामा गएको हो । उक्त फण्ड एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चानमा रहेको छ ।