असोज मसान्तसम्म एनआईबिएल सहभागिता फण्डको एनएभी रू. १२.१५

कात्तिक ११, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डले असोज मसान्त सम्ममको खुद सम्पत्तिको मूल्य विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी असोज मसान्तसम्ममा रू. १२ दशमलव १५ रहेको छ । भदौ मसान्तसम्मको तुलनामा असोज मसान्तमा फण्डको एनएभी २ पैसाले घटेको हो । भदौ मसान्तसम्ममा रू. फण्डको एनएभी रू. १२ दशमलव ३५ थियो । त्यसैगरी फण्डको सूचीकृत शेयरमा लगानी भदौ मसान्तको तुलनामा असोज मसान्तमा कमी आएको छ । भदौ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. २२ करोड २ लाख ५६ हजार ९३५ लगानी रहेकोमा असोज मसान्तमा घटेर रू. १९ करोड ५५ लाख ७४ हजार मा झरेको हो । त्यस्तै, फण्डको नोक्सानी भदौ मसान्तको तुलनामा असोज मसान्तमा बढेको छ । भदौ मसान्तसम्म फण्डले रू. ६२ लाख १७ हजार ९२६ नोक्सानी ब्यहोरेकोमा असोज मसान्तमा बढेर रू. १ करोड ३३ लाख ८४ हजार ४७७ पुगेको हो ।

सम्बन्धित सामग्री

चैत मसान्तसम्ममा एनआईबिएल सहभागिता फण्ड रू. ३ करोड ३७ लाख नोक्सानीमा

वैशाख १३, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले चैत मसान्त सम्ममा रू. ३ करोड ३७ लाख नोक्सानी व्यहोरेको छ । फागुन मसान्तसम्ममा पनि उक्त फण्ड रू. १ करोड ४३ लाख नोक्सानीमा थियो । यसरी हेर्दा फण्डको नोक्सानी फागुन महीनाको तुलनामा चैत मसान्तमा वृद्धि भएको छ । चैत महीनामा  खर्चमा वृद्धि भएको र जम्मा आम्दानी रू..२ करोड ७६ लाख ऋणात्मक रहेकाले फण्डको नोक्सानी बढेको हो । फण्डको एनएभी पनि फागुन महीनाको तुलनामा चैत महीनामा घटेको छ । फागुन मसान्तसम्ममा फण्डको एनएभी रू. १२ दशमलव ११ रहेकोमा चैत मसान्तसम्ममा रू.११ दशमलव ६८ कायम भएको छ । त्यसैगरी चैत मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा लगानी भने बढेको छ । फागुन मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा रू. २७ करोड ६६ लाख लगानी गरेकोमा चैत मसान्तसम्ममा बढेर रू.२९ करोड ४१ लाख पुगेको छ।

मंसिर मसान्तमा एनआईबिएल सहभागिता फण्डको एनएभी घट्यो

पुस १३, काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फण्डले मंसिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तमा घटेको छ ।   फण्डको एनएभी कात्तिक मसान्तसम्ममा रू. १२ दशमलव ३३ रहेकोमा मंसिर मसान्त सम्ममा रू. ११ दशमलव ३४ मा झरेको हो । त्यसैगरी फण्डको नोक्सानी पनि कात्तिक महीनाको तुलनामा मंसिर महीनामा बढेको छ ।  फण्डले कात्तिक मसान्तसम्ममा रू. ६६ लाख ८५ हजार नोक्सानी ब्यहोरेकोमा मंसिर मसान्तसम्ममा बढेर रू. ४ करोड ५१ लाख २१ हजार पुगेको हो ।  त्यसैगरी फण्डको सूचीकृत शेयरमा लगानी घटेको छ । कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २३ करोड ७५ लाख ७९ हजार लगानी गरेको उक्त फण्डको लगानी मंसिर मसान्तसम्ममा घटेर रू. २१ करोड २० लाख ३३ हजारमा झरेको हो । मंसिर महीनामा लगानी गरेका कम्पनीको शेयरमूल्य घटेसँगै समग्र सूचीकृत शेयरमा फण्डको लगानी पनि घटेको छ ।

एनआईबिएल सहभागित फण्ड र एनआईबिएल समृद्धि फण्ड-२ को शेयरमा लगानी बढ्यो

भदौ १४, काठमाडौं । एनआईबिएल म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल समृद्धि फण्ड-२ ले साउन मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  उक्त वित्तीय विवरण अनुसार दुवै योजनाको सूचीकृत शेयरमा लगानी असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको छ ।     एनआईबिएल सहभागिता फण्डको असार मसान्तसम्म सूचीकृत शेयरमा रू. १९ करोड ६७ लाख लगानी रहेकोमा साउन मसान्तमा वृद्धि भएर रू. २१ करोड ६१ लाख ३० हजार पुगेको हो ।  त्यसैगरी, यस योजनाको एनएभी भने असार मसान्तको तुलनामा साउन मसान्तमा घटेको छ । असार मसान्तमा योजनाको एनएभी रू. १७ दशमलव ४५ रहेकोमा साउन मसान्तमा घटेर रू. १३ दशमलव शून्य १ मा सीमित भएको हो ।  योजनाले गत आवको मुनाफाबा इकाईधनीहरुलाई ५० प्रतिशत नगद लाभांश कर सहित वितरण गरेको हो । उक्त नगद लाभांश पछि योजनाको इकाई मूल्य समायोजन भएकाले असार मसान्तको तुलनामा साउन मसान्तमा इकाई मूल्य घटेको हो ।  एनआईबिएल समृद्धि फण्ड-२ ले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७२ करोड ५९ लाख २७ हजार लगानी गरेको छ । यो लगानी असार मसान्तको तुलनामा ४३ प्रतिशतले वृद्धि भएको हो । योजनाले असार मसान्त सम्ममा सूचीकृत शेयरमा रू. ५० करोड ५७ लाख लगानी गरेको थियो ।  यस योजनाको एनएभी पनि असार मसान्तको तुलनामा साउन मसान्तमा बढेको छ । यस योजनाको एनएभी असार मसान्तमा रू. १० रहेकोमा साउन मसान्तमा बढेर रू. १० दशमलव ३९ पुगेको हो । यस योजनाले साउन मसान्तसम्ममा रू. ५ करोड ९३ लाख ८६ हजार नाफा कमाएको छ ।