वैशाख १३, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण मंगलवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले चैत मसान्त सम्ममा रू. ३ करोड ३७ लाख नोक्सानी व्यहोरेको छ ।
फागुन मसान्तसम्ममा पनि उक्त फण्ड रू. १ करोड ४३ लाख नोक्सानीमा थियो । यसरी हेर्दा फण्डको नोक्सानी फागुन महीनाको तुलनामा चैत मसान्तमा वृद्धि भएको छ । चैत महीनामा खर्चमा वृद्धि भएको र जम्मा आम्दानी रू..२ करोड ७६ लाख ऋणात्मक रहेकाले फण्डको नोक्सानी बढेको हो ।
फण्डको एनएभी पनि फागुन महीनाको तुलनामा चैत महीनामा घटेको छ । फागुन मसान्तसम्ममा फण्डको एनएभी रू. १२ दशमलव ११ रहेकोमा चैत मसान्तसम्ममा रू.११ दशमलव ६८ कायम भएको छ । त्यसैगरी चैत मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा लगानी भने बढेको छ ।
फागुन मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा रू. २७ करोड ६६ लाख लगानी गरेकोमा चैत मसान्तसम्ममा बढेर रू.२९ करोड ४१ लाख पुगेको छ।