काठमाडौं । एनआईबिएल सहभागिता फण्डको इकाई वितरक (एजेन्ट) तोकिएको छ ।
एनआईएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस योजनाको इकाई वितरकमा सिन्धु विकास बैंक लिमिटेडलाई नियुक्त गरिएको हो । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले इकाईहरूको खरीद विक्री सहज बनाउनका लागि सिन्धु विकास बैंकलाई वितरकमा नियुक्त गरेको जानकारी दिएको हो । खुलामुखी प्रकिृतिको यस योजनाका इकाईधनीहरूले सिन्धु विकास बैंकको तोकिएका शाखा कार्यालयमार्फत इकाई खरीदविक्री गर्न सक्नेछन् ।
२ अर्ब रूपैयाँको योजनाको आकार रहेपनि चैत १५ सम्म योजनाको आकार १ अर्ब ४४ करोड २० लाख ५२ हजार कायम रहेको योजना व्यवस्थापकको भनाइ छ । यस योजनाका इकाईधनीहरू जम्मा ५३ हजार ७५० जना रहेका छन् । चैत १५ गतेसम्मको योजनाको खुद सम्पत्ति मूल्य रू. १० दशमलव १७ रहेको छ ।
यस योजनाले हालसम्म वितरण गरेको लाभांशको अवस्थालाई हेर्दा आर्थिक वर्ष २०७६/ ०७७ को मुनाफाबाट ८ दशमलव २५ प्रतिशत, आर्थिक वर्ष २०७७/ ०७८ को मुनाफाबाट ५० प्रतिशत र आर्थिक वर्ष २०७८/ ०७९ को मुनाफाबाट ७ दशमलव २० प्रतिशत लाभांश वितरण गरेको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।