हालसम्म ९ वटा म्युचुअल फण्ड योजनाको लाभांश घोषणा, कुनको कति ?

हालसम्म ९ वटा म्युचुअल फण्ड योजना हरुले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । हालसम्म लक्ष्मी क्यापिटल, एनएमबि क्यापिटल, सिद्धार्थ क्यापिटल , एनआईबिएल एस क्यापिटल र सनराइज क्यापिटलले संचालन गरेका म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् । जस अनुसार लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै  लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत नै सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित  एमएमबि फिफ्टीले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनएमबि म्युचुअल फण्ड अन्तर्गत नै संचालित  एनएमबि हाईब्रिड फण्ड एल १ ले आर्थिक वर्ष २०७८/०७९ को लागि योजनाको इकाईधनीहरुलाई २१.०५२६३  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै एनएमबि सरल बचत फण्ड ई ले लाभांश दिने छैन ।सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ९ प्रतिशतले हुन आउने  १३ करोड पचास लाख रुपैंया लाभांश वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई  १० प्रतिशतका दरले हुन आउने रकम  बाह्र करोड रुपैया प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।   त्यस्तै एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगती फण्डका इकाईधनीहरुलाई  कर सहित ४.२० % का दरले हुन आउने रकम  तीन करोड पन्ध्र लाख मात्र) प्रतिफल बितरण गर्ने निर्णय गरेको छ। त्यस्तै एनआईबिएल सहभागिता फण्डले इकाईधनीहरुलाई कर सहित ७.२०%  प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।त्यस्तै सनराइज क्यापिटल योजना ब्यबस्थापक रहेको सनराइज फर्स्ट म्युचुअल फण्डले  ईकाइधनीहरुलाई कर सहित १२% लाभांश बितरण गर्ने घोषणा गरेको छ  । 

सम्बन्धित सामग्री

‘नबिल ब्यालेन्स फण्ड २’ ले ९.६ प्रतिशत लाभांश दिने

१२ असोज, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तगर्त सञ्चालित ‘नबिल ब्यालेन्स फण्ड २’ ले इकाइधनीलाई ९.६ प्रतिशत नगद लाभांश दिने भएको हो । नबिल बैंक कोष प्रवर्द्धक र नबिल इन्भेष्टमेन्ट बैंक योजना व्यवस्थापक रहेको उक्त सामूहिक लगानी योजनाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट इकाइधनीलाई उक्त प्रतिफल प्रस्ताव गरेको हो । योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको […]

प्रभु क्यापिटलले ९.५ प्रतिशत नगद लाभांश दिने

२६ भदौ, काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तरगतको प्रभु सेलेक्ट फण्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक प्रभु क्यापिटलको २५ भदौ सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु म्युचुअल फण्ड अन्तरगतको प्रभु सेलेक्ट फण्डले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ९.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । उक्त योजनाको इकाइधनी दर्ता किताब बन्द हुने […]

सुरु भयो लाभांश घोषणाको क्रम, लक्ष्मी क्यापिटलका २ म्युचुअल फण्ड बने पहिलो

आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट लाभांश घोषण गर्ने क्रम सुरु भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि सुरुमा म्युचुअल फण्डको लाभांश घोषणा भएको हो ।लक्ष्मी क्यापिटलले संचालन गरेको २ म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन् । क्यापिटलको साउन १६ गते बसेको संचालक समितिको ७५ औं बैठकले लक्ष्मी बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी उन्नत्ती कोषले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।त्यस्तै सोहि बैठकले लक्ष्मी बैंकद्धारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सचालित लक्ष्मी इक्विटी फण्डले आर्थिक वर्ष २०७८/०७९को लागि योजनाको इकाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।प्रतिफल घोषणा गरेसंगे क्यापिटलले लाभांश बितरणको लागि बुक क्लोज मिति भने पछि सार्वजनिक गर्ने जनाएको छ ।

सिटिजन्स म्युचुअल फण्ड-१ र २ को इकाई मूल्य समायोजन

भदौ २४, काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन्स म्युचुअल फण्ड -१ र सिटिजन्स म्युचुअल फण्ड-२ को इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले दुवै फण्डले प्रस्ताव गरेको ४०/४० प्रतिशत नगद लाभांश प्रयोजनमा मूल्य समायोजन गरेको हो ।  बुधवार कायम सिटिजन्स म्युचुअल फण्ड-१ को अन्तिम इकाई मूल्य १५ रूपैयाँ २० पैसा र सिटिजन्स म्युचुअल फण्ड-२ को १५ रूपैयाँ ४९ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य ११ रूपैयाँ २० पैसा र ११ रूपैयाँ ४९ पैसा तोकेको हो । दुवै योजनाले प्रस्ताव गरेको नगद लाभांश प्रयोजनका लागि आज (एक दिन) बुक क्लोज गरेकाले नेप्सेले नगद लाभांश पछिको मूल्य तोकेको हो ।  सिविआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुवै योजनाले गत आर्थिक वर्ष ०७७/७८ का लागि एउटै अनुपातमा कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेका हुन् ।  बुक क्लोजको मिति पश्चात लाभांश वितरण गर्ने जानकारी क्यापिटलले दिएको छ । योजना व्यवस्थापक सिविआईएल क्यापिटलको गत भदौ १ गतेको सञ्चालक समितिको बैठकले दुवै योजनाको प्रतिफलका सम्बन्धमा निर्णय गरेको थियो ।

सिटिजन्स म्युचुअल फण्ड- १ र २ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

भदौ २३, काठमाडौं । सिविआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड- १ र सिटिजन्स म्युचुअल फण्ड- २ को प्रतिफल सुरक्षित गर्ने बुधवार अन्तिम दिन रहेको छ ।  ती दुबै योजनाको प्रतिफल प्राप्त गर्नका लागि भदौ २४ गते एक दिन बुक क्लोज गर्ने भएकाले बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरु मात्र दुबै योजनाको प्रतिफल प्राप्त गर्न योग्य हुने छन् ।  गत आर्थिक वर्ष ०७७/ ७८ का लागि सिटिजन्स म्युचुअल फण्ड- १ र सिटिजन्स म्युचुअल फण्ड- २ ले एउटै अनुपातमा करसमेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेका हुन् ।  बुक क्लोजको मिति पश्चात लाभांश वितरण गर्ने जानकारी क्यापिटलले दिएको छ। योजना व्यवस्थापक सिविआईएल क्यापिटलको गत भदौ १ गतेको सञ्चालक समितिको बैठकले दुबै योजनाको प्रतिफलका सम्बन्धमा निर्णय गरेको थियो ।

सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सीबिआईएल क्यापिटल CBIL Capital  ले संचालन गरेको सामुहिक लगानी कोष योजनाहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरणको क्यापिटलले भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज भदौ २३ गते कायम इकाईधनीले मात्र यी योजनाको लाभांश पाउँन सक्ने छन् ।  जस अनुसार आज भदौ २३ गतेसम्म कायम इकाईधनीले मात्र सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड  २ को लाभांश पाउँन सक्ने छन् ।  क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई ४० प्रतिशतले हुन आउने ३२ करोड ८० लाख रुपैयाँ नगद लाभांश र सिटिजन्स  म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई ४० प्रतिशतले हुन आउने २२ करोड ४० लाख बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । यी सबै योजना सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन् ।

सनराइज फर्स्ट म्युचुअल फण्ड इकाई मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज फर्स्ट म्युचुअल फण्ड इकाई मूल्य समायोजन भएको छ। फण्डले लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। फण्डको यस दिन ५० प्रतिशत नगद लाभांश समायोजन भएको हो। समायोजनपश्चात फण्डको इकाई मूल्य १३ रुपैयाँ १३ पैसा कायम भएको छ। फण्डको इकाई भदौ १५ गते, मंगलबार १८ रुपैयाँ १३ पैसामा अन्तिम कारोबार भएको थियो। सनराइज बैंकद्वारा प्रवर्धित तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस फण्डले आर्थिक वर्ष २०७७/...

सिटिजन्स म्युचुअल फण्ड - १ र २ ले गरे लाभांश प्रस्ताव

भदौ २, काठमाडौं । सिविआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका दुई ओटा योजनाले बुधवार लाभांश सार्वजनिक गरेका छन् ।  सिटिजन्स म्युचुअल फण्ड - १ र सिटिजन्स म्युचुअल फण्ड - २ ले लाभांश प्रस्ताव गरेका हुन् ।  योजना व्यवस्थापक सिविआईएल क्यापिटलको भदौ १ गतेको सञ्चालक समितिको बैठकले दुबै योजनाका इकाईधनीहरुलाई एउटै अनुपातमा करसमेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  यो लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति भने पछि तय हुने क्यापिटलले जानकारी दिएको छ ।

एनआईबिएल समृद्धि फण्ड–१ ले ३५ प्रतिशत लाभांश दिने

१५ साउन, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजना एनआईबिएल समृद्धि फण्ड –१ इकाईधनीहरुका लागि लाभांश घोषणा गरेको छ । एनआईबिएल समृद्धि फण्ड –१ को बिहीबार सम्पन्न भएको सञ्चालक समितिको ८९ औँ बैठकले इकाईधीहरुलाई करसहित ३५ प्रतिशतले हुन आउने ३५ करोड रुपैयाँ प्रतिफल दिने निर्णय गरेको हो ।

लक्ष्मी इक्विटी फण्डले ३५ प्रतिशत लाभांश दिने

सामूहिक लगानी कोष (म्युचुअल फण्ड)हरुले गत आर्थिक वर्षको मुनाफाबाट बम्पर लाभांश प्रस्ताव गरेका छन् । लक्ष्मी बैंकको प्रवद्र्धन र लक्ष्मी क्यापिटल मार्केटले व्यवस्थापन गरेको दुवै म्युचुअल फण्ड गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन् ।लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७७/०७८ को लागि इकाइधनीलाई करसहित २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिसकेको छ […]