कात्तिक २४, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २९३ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको पहिलो त्रैमासमा रू. ८२ लाख २० हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गर्दै रू. ३ करोड २३ लाख ६९ हजार नाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि,सञ्चालन नाफामा पनि वृद्धि र रू.४ करोड ८८ लाख खराब कर्जा उठाएकाले नाफा बढ्न टेवा पुगेको हो ।
कम्पनीको चुक्तापूँजी रू.९ करोड ६८ लाख रहेको छ भने जगेडामा रू. २१ करोड ८१ लाख सञ्चित रहेको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५७ करोड ७९ लाख ७२ हजार सापटि लिएर, रू.२ अर्ब १५ करोड ९५ लाख निक्षेप संकलन गरेर रू. ३ अर्ब ३६ करोड ७५ लाख ९३ हजार कर्जा लगानी गरेको छ ।
यो पनि हेर्नुस् :
तेस्रो त्रैमासमा युनिक नेपाल लघुवित्तको नाफा ७६% बढ्यो
एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्न युनिक नेपाल लघुवित्तले बोलायो विशेष साधारण सभा
युनिक नेपाल लघुवित्तले कमायो ४ करोड ४२ लाख खुद नाफा