करीब १२ करोड खराब कर्जा उठाएको महिला लघुवित्तको नाफा करीब ५६% वृद्धि

वैशाख २१, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ९ महीनामा रू. ११ करोड ७० लाख ९९ हजार खराब कर्जा संकलन गरेको छ ।  गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खराब कर्जा संकलन ४३९ दशमलव ४३ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड १७ लाखभन्दा बढी मात्र यो कर्जा संकलन गरेको थियो । यस वर्ष खराब कर्जा संकलन उल्लेख्य मात्रामा बढेसँगै कम्पनीको खुद नाफामा पनि ५५ दशमलव ७० प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. ६ करोड ४२ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनी ले यस वर्ष रू. १० करोडभन्दा बढी खुद नाफा गरेको हो । सम्भावित जोखिम शीर्षमा ९३ प्रतिशत बढी रकम छुट्याएको कम्पनीको सञ्चालन नाफा भने ४८ प्रतिशत कम भएको छ । गत वर्ष रू. ७ करोड ९२ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड १० लाखमात्र सञ्चालन नाफा गरेको हो । ४७ दशमलव ५० प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर रू. १४ करोड ७५ लाख कायम गरेको कम्पनीको जगेडा कोष रकम ३० दशमलव ३६ प्रतिशत बढी रू. २५ करोड कायम भएको छ ।  कम्पनीले गत वर्षभन्दा २४ दशमलव ३३ प्रतिशत बढी रू. २ अर्ब ७३ करोड कर्जा सापटी लिएको कम्पनीले ३७ दशमलव ४५ प्रतिशत बढी रू. ४ अर्ब ३८ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको निक्षेप संकलन भने गत वर्षभन्दा करीब ४४ प्रतिशत बढी रू. १ अर्ब २४ करोड भएको छ ।                                                स्रोतः कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण 

सम्बन्धित सामग्री

पाँच वित्त कम्पनी नोक्सानीमा

काठमाडौं। धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत १५ वित्त कम्पनीले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार १० कम्पनीले नाफा कमाएका छन् । बाँकी पाँच कम्पनीले यस अवधिमा नोक्सानी बेहोरेका छन् ।  समृद्धि, सेन्ट्रल, रिलायन्स, प्रोग्रेशिभ र गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी नोक्सानीमा छन् । यी पाँचमध्ये सबैभन्दा बढी प्रोग्रेशिभ फाइनान्सले रू. १० करोड ५७ लाख नोक्सानी बेहोरेको हो । चालू आवमा प्रोग्रेशिभको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको र खराब कर्जा बढेकाले नोक्सानीमा गएको हो । यो कम्पनीको खराब कर्जा गत आवको दोस्रो त्रैमाससम्ममा ४ दशमलव ९१ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा बढेर ११ दशमलव ४५ प्रतिशत पुगेको छ ।  दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने प्राय: सबै वित्तीय कम्पनीको खराब कर्जा (एनपीएल) बढेको छ ।  दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने प्राय: सबै वित्तीय कम्पनीको खराब कर्जा (एनपीएल) बढेको छ । वाणिज्य र विकास बैंकको जस्तै वित्त कम्पनीहरूको पनि एनपीएल बढेको छ । यस कारण आम्दानीको थुप्रै रकम प्रोभिजन गर्दा वित्त कम्पनीहरूको नाफामा दबाब परेको देखिएको छ । पछिल्लो समय देशमा आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा ठूलो असर परेको छ । ऋणीहरूले समयमै कर्जा तिर्न सकेका छैनन् । फलस्वरूप खराब कर्जा बढेको हो । १५ कम्पनीमध्ये गोर्खाज, मञ्जुश्री, आइ.सि. एफ.सि., पोखरा, गुडविल, मल्टीपर्पस, बेष्ट, जानकी, नेपाल र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स नाफामा छन् । नाफामा रहेका यी १० वित्त कम्पनीमध्ये सबैभन्दा बढी गोर्खाज फाइनान्सले रू. १२ करोड १६ लाख खुद नाफा कमाएको छ । कम खुद नाफा नेपाल फाइनान्सको छ । यसले दोस्रो त्रैमाससम्म रू. ८ लाख १२ हजार नाफा कमाएको छ ।  चालू आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी खराब कर्जा जानकी फाइनान्सको १९ दशमलव ९९ प्रतिशत पुगेको छ । त्यस्तै दोस्रोमा गोर्खाज फाइनान्सको खराब कर्जा १३ दशमलव ७३ प्रतिशत पुगेको छ ।

१३२.७२ प्रतिशतले बढ्यो कालिका लघुवित्तको खुद नाफा, अन्य सूचक कस्तो ?

आर्थिक वर्ष ७८/७९ मा कालिका लघुवित्तको खुद नाफा १३२.७२ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ करोड ५२ लाखबाट बढेर १२ करोड ८४ लाख पुगेको हो। यस अवधिमा  कम्पनीको खुद ब्याज आम्दानी १.१३ प्रतिशतले बढेर २९ करोड ४७ लाख रहेको छ । कम्पनीले कर्जा प्रवाहको लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको सापटी २७.२५ प्रतिशतले बढेर १ अर्ब ३६ करोड पुगेको छ भने कर्जा प्रवाह ३०.३० प्रतिशतले बढेर ३ अर्ब ९१ करोड पुगेको छ । यस अवधिमा कम्पनीको निक्षेप २६.८० प्रतिशतले बढेर १ अर्ब ४६ करोड पुगेको छ ।३१ करोड २८ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा २२ करोड ७३ लाख रहेको छ । यस अवधिमा बैंकको  प्रति शेयर आम्दानी ४१ रुपैयाँ ०७ पैसा रहेको छ भने प्रति शेयर नेट वर्थ १७२ रुपैयाँ ६८ पैसा रहेको छ । बैंकको खराब कर्जा ६.२० प्रतिशतबाट घटेर ३.११ प्रतिशत कायम भएको छ । खुद ब्याज आम्दानी समान्य बढेपनि खराब कर्जा उलेख्य घट्दा कम्पनीको खुद नाफा १३२.७२ प्रतिशतले बढेको हो । खराब कर्जा उलेख्य घट्दा कम्पनीले सम्भावित जोखिमको लागि छुट्याएको रकम पनि घटेको छ ।

खराब कर्जा संकलनमा वृद्धि भएसँगै स्वावलम्बन लघुवित्तको नाफा बढ्यो

माघ २४, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २७ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १८ करोड ४५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २३ करोड ५१ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ७ करोड ९३ लाख खराब कर्जा उठाउन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड रहेको छ भने जगेडामा रू. १ अर्ब ८० करोड सञ्चित गरेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ५ अर्ब ४३ करोड सापटी लिएर, रू. ११ अर्ब २६ करोड निक्षेप संकलन गरेर रू. १८ अर्ब ९६ करोड कर्जा लगानी गरेको हो ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ९०, मूल्य आम्दानी अनुपात ३३ दशमलव ४१ प्रतिशत, तरलता अनुपात ३ दशमलव ७७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २६० दशमलव ४४ रहेको छ ।  यो पनि हेर्नुस् : १४ करोडभन्दा बढी खराब कर्जा उठाएको स्वावलम्बन लघुवित्तको नाफा करीब ७४% ले वृद्धि तेस्रो त्रैमासमा स्वावलम्बन लघुवित्तको नाफा ५२ % घट्यो

६ महीनामा स्वाभिमान लघुवित्त रू. १ करोड २० लाख खराब कर्जा उठाउन सफल

माघ १४, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको ६ महीना (दोस्रो त्रैमास) सम्ममा रू. १ करोड २० लाख  खराब कर्जा उठाउन सफल भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ९८ लाख ५६ हजार खराब कर्जा उठाएको थियो ।  त्यसैगरी, कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ करोड ८० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. २ करोड १९ लाखमा सीमित भएको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीले सम्भावित जोखिम व्यवस्थामा रकम छुट्याउदा सञ्चालन नाफा घटेसँगै नाफा घट्न पुगेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थापमा रू. ८९ लाख २२ हजार छुट्याएको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. १२ करोड १७ लाख रहेको छ भने जगेडामा रू. ५ करोड ३४ लाख सञ्चित गरेको छ ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब २५ करोड सापटी लिएर, रू. ५९ करोड ४४ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ८९ करोड कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३६, मूल्य आम्दानी अनुपात ५६ दशलमव ३३ गुणा, तरलता अनुपात १४ दशमलव ९४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२५ दशमलव ८७ रहेको छ ।

खराब कर्जा संकलनमा वृद्धि भएसँगै सिवाईसी नेपाल लघुवित्तको नाफा २.१७ गुणा बढ्यो

कात्तिक ११, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नाफा २ दशमलव १७ गुणा बढी भएको छ । गत आवको पहिलो त्रैमासमा रू. १ करोड २६ लाख १३ हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ करोड ७३ लाख ८५ हजार पुगेको हो ।  चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ३ करोड ८० लाख७७ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  चुक्तापूँजी रू. ८ करोड २१ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. १२ करोड १२ लाख ३१ हजार सञ्चित गरेको छ ।   चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५९ करोड ५४ लाख सापटि लिएर,रू. ९७ करोड १२ लाख ५० हजार निक्षेप संकलन गरेर रू. २ अर्ब २२ करोड कर्जा लगानी गरेको छ ।  कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल  धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कानस गर्नका लागि असोज ११ गते निवेदन दिएको हो । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले  आईपीओ निष्कासन गर्नेछ ।

बेस्ट फाइनान्सको खुद नाफा १२ करोड , प्रति शेयर आम्दानी ५८ रुपैयाँ

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बेस्ट फाइनान्स Best Finance Company  ले  १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीको नाफा ८९ लाख ९९ हजार रुपैयाँ ऋणात्मक रहेको थियो।यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.५७ प्रतिशतले घटेको छ। यद्यपि फाइनान्सको कुल सञ्चालन आम्दानी ८०.३९ प्रतिशत बढेपछि र खराब कर्जा कम भएपछि कम्पनी नाफामा पुगेको हो। यस अवधिमा कम्पनीकोखराब कर्जा १४.२६ प्रतिशतबाट घटेर ४.०५ प्रतिशत कायम भएको छ।कम्पनीको वितरण योग्य मुनाफा भने २७ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। यस अवधिमा कम्पनीको निक्षेप ४.३२ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५३.११ प्रतिशत रहेको छ। समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ५८.४७ रुपैया, पीई रेसियो ७.३४, प्रति शेयर नेट वर्थ १२५.३५ रुपैयाँ, कोषको लागत ७.०९, र बेस रेट १०.५८ प्रतिशत रहेको छ ।

५३ लाख ९२ हजार खराब कर्जा उठाएको मिथिला लघुवित्तको नाफा १३८ % ले वृद्धि

साउन २२, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १३८ प्रतिशतले वृद्धि भएको छ ।  अघिल्लो आवमा कम्पनीले रू. २ करोड ३५ लाख ३३ हजार नाफा कमाएको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. ५ करोड ६१ लाख ५७ हजार नाफा गरेको हो  ।  गत आवको चौथो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि,सञ्चालन नाफामा वृद्धि भएकाले र रू. ५३ लाख ९२ हजार खराब कर्जा उठाउन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ५६ प्रतिशत र सञ्चालन नाफा १४७ प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी रू. १२ करोड १७ लाख ४० हजार रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. १५ करोड २३ लाख ३० हजार सञ्चित  गरेको छ । कम्पनीको निष्क्रिय कर्जा भने अघिल्लो आवको तुलनामा गत आवमा वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ५९ प्रतिशत रहेकोमा गत आवमा वृद्धि भएर ३ दशमलव ३० प्रतिशत पुगेको हो ।  त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू.४६ दशमलव १३,मूल्य आम्दानी अनुपात ५० दशमलव ८३ गुणा, तरलता अनुपात ८ दशमलव ९५६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.२२५ दशमलव १३ रहेको छ ।

चौथो त्रैमासमा मनकामना स्मार्ट लघुवित्तले ९३ करोड ८० लाख खराब कर्जा उठायो

साउन २१, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासीक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार गत आवको चौथो त्रैमासमा रू. ९३ करोड ८० लाख ६५ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ । कम्पनीले अघिल्लो आवको सो अवधिमा रू. ३ करोड ५७ लाख ५५ हजार उठाएको थियो ।  गत आवको चौथो त्रैमासमा कम्पनीले खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफामा आर्कषक वृद्धि भएको छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ६ दशमलव ८ गुणा वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले रू. ४६ लाख ७६ हजार नाफा कमाएकोमा गत आवमा वृद्धि भएर रू.३ करोड २२ लाख पुगेको हो ।  कम्पनीको शेयर कारोबार दोस्रो बजारमा साउन २० गतेबाट शुरु भएको थियो । आईपीओ निष्कासन पश्चात कम्पनीको पूँजी रू. १२ करोड ११ लाख पुगेको हो । कम्पनीले जगेडामा रू. ३ करोड ७७ लाख ३९ हजार सञ्चित गरेको छ ।  सम्भावित जोखिम वापतको व्यवस्थामा धेरै रकम छुट्याउदा कम्पनीको सञ्चालन नाफा रू. ८८ करोड ६६ लाख ७५ हजार ऋणात्मक रहेको छ । कम्पनीले अघिल्लो आवमा सम्भाति जोखिम बापतको ब्यवस्थामा रू. ४ करोड ५१ लाख ६१ हजार छुट्याएकोमा गत आवमा रू. ९४ करोड ८ लाख ५२ हजार छुट्याएको हो ।  प्रतिशेयर आम्दानी रू. २६ दशमलव ६०, तरलता अनुपात ९ दशमलव १४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव १५ रहेको छ ।

चौथो त्रैमासमा उपकार लघुवित्तले उठायो ४९ करोड ७५ लाख खराब कर्जा

साउन २०, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमासमा रू. ४९ करोड ७५ लाख खराब कर्जा उठाएको छ ।  कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा रू. ४ करोड ३८ लाख खराब कर्जा उठाएको थियो ।  कम्पनीको खराब कर्जा संकलनमा वृद्धि भएसँगै नाफामा पनि वृद्धि भएको छ ।  अघिल्लो आवको चौथो त्रैमासमा रू.४७ लाख ९० हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले गत आवको सोही अवधिमा वृद्धि भएर रू. ६ करोड १३ लाख २६ हजार पुगेको हो ।  त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ४१ प्रतिशतले वृद्धि भएको  छ ।  चुक्तापूँजी रू. ४ करोड २० लाख रहेको उक्त कम्पनीले जगेडामा रू. १२ करोड ९९ लाख ५८ हजार सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ७६ करोड ६७ लाख १४ हजार सापटि लिएर, रू. ८० करोड ४ लाख ६४ हजार निक्षेप संकलन गरेर रू. १ अर्ब ६८ करोड ९८ लाख ८० हजार कर्जा लगानी गरेको छ ।