आर्थिक संकटको असर बैंकको वित्तीय विवरणमा : नाफा घट्दा, खराब कर्जा दोब्बर

काठमाडौं। कोभिड–१९ महामारी, रूस–युक्रेन युद्धलगायत कारण आर्थिक गतिविधि सुस्त हुँदाको असर बैंकहरूको वित्तीय विवरणमा पनि देखिन थालेको छ ।  चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा बैंकहरूको नाफामा उल्लेख्य गिरावट आउँदा खराब कर्जामा भने उच्च वृद्धि देखिएको छ । गत आवको पहिलो त्रैमासमा १ दशमलव ७१ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत खराब कर्जा यो वर्ष पहिलो त्रैमासमा ३ दशमलव ४० प्रतिशत पुगेको हो ।  गत आवको पहिलो, दोस्रो र तेस्रो त्रैमाससम्म नाफाको वृद्धिदर घटे पनि चौथो त्रैमासमा आइपुग्दा सुधार देखिएको  थियो । यसै गरी गत आवको शुरूदेखि नै लगातार उकालो लागेको खराब कर्जामा पनि आवको अन्त्यमा आइपुग्दा सुधार भएको थियो ।  तर, उक्त सुधार टिक्न सकेन । चालू आवको पहिलो त्रैमासमै बैंकहरूको प्रदर्शन खराब देखिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत आवको पहिलो त्रैमासमा ५ दशमलव ९४ प्रतिशत, दोस्रोमा ११ दशमलव १० प्रतिशत र तेस्रोमा ११ दशमलव ६७ प्रतिशत नाफा वृद्धि भएको थियो । चौथो त्रैमासमा आइपुग्दा नाफा वृद्धिदर २४ दशमलव ९३ प्रतिशत पुगेको थियो । चालू आवको पहिलो त्रैमासमा भने बैंकहरूको नाफा करीब १९ प्रतिशत घटेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले कुल १३ अर्ब ४७ करोड खुद नाफा आर्जन गरेका छन् । यस अवधिमा १२ ओटा बैंकको नाफा घट्दा आठओटाको बढेको छ । कृषि विकास बैंकको नाफा ऋणात्मक छ । बैंकहरूको खराब कर्जा वृद्धिसँगै जोखिम व्यवस्थाबापत छुट्ट्याउनुपर्ने रकम बढेपछि नाफामा असर देखिएको हो ।  बैंकहरूको औसत खराब कर्जा गत आवको पहिलो त्रैमासमा १ दशमलव ७१, दोस्रो त्रैमासमा २ दशमलव ३१ प्रतिशत र तेस्रो त्रैमाससम्ममा ३ दशमलव शून्य ४ प्रतिशत थियो । गत आवको चौथो त्रैमासमा खराब कर्जा घटाएर २ दशमलव ८ प्रतिशतमा सीमित गरेकोमा चालू आवको पहिलो त्रैमासमा ३ दशमलव ४० प्रतिशत पुगेको छ । कृषि विकास बैंकको निष्क्रिय कर्जा सबैभन्दा धेरै ५ दशमलव ३३ प्रतिशत पुग्दा कुमारीको ४ दशमलव ८९ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगाको ४ दशमलव ८३, लक्ष्मी सन्राइजको ४ दशमलव ६९, हिमालयनको ४ दशमलव ६७ र ग्लोबल आइएमई बैंकको ४ दशमलव ३८ प्रतिशत पुगेको छ । आर्थिक गतिवधिमा कमी आउँदा बैंकहरूको कर्जा असुली प्रभावित भएसँगै खराब कर्जा बढेको हो । खराब कर्जा वृद्धिले वित्तीय क्षेत्रमा जोखिम बढ्दै गएको संकेत गर्छ । वाणिज्य बैंकहरूको खुद नाफा घटेपछि तिनका शेयरधनीलाई वितरणयोग्य नाफा पनि कमजोर भएको छ । बैंकहरूले चालू आवको पहिलो त्रैमासमा १७ अर्ब २६ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६१ प्रतिशत कम हो । 

सम्बन्धित सामग्री

पहिलो त्रैमासमा वाणिज्य बैंकको अवस्था : खराब कर्जा बढ्दा नाफामा गिरावट

फेरि बढ्यो बैंकहरूको खराब कर्जा अनुपात, वाणिज्य बैंकको नाफामा १८.६० प्रतिशतको ह्रास, सरकारी स्वामित्वको कृषि विकास घाटामा चालू आव ०८०/८१ को पहिलो त्रैमास (असार–असोज)मा वाणिज्य बैंकहरूको निष्क्रिय (खराब) कर्जा अनुपात पुनः...

अहिलेकाे अर्थतन्त्र र खराब कर्जा

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेअनुसार २०८० वैशाख मसान्तसम्ममा ‘क’ वर्गका वाणिज्य बैंकको खराब कर्जा ३.२३ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकको ३.४० प्रतिशत र ‘ग’ वर्गका वित्तीय संस्थाको ८.१९ प्रतिशत रहेको देखिन्छ । यसरी हेर्दा यी सबै बैंक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा ३.३४ प्रतिशत छ । हालै सार्वजनिक भएका तथ्यांकबाट आर्थिक वर्ष २०७९/८० […]

खराब कर्जा घटाउन सकेनन् बैंकले

चालु आर्थिक वर्षमा खराब कर्जा घटाउन नसक्दा बैंक तथा वित्तीय संस्थाहरूलाई तनाव भएको छ । अर्थतन्त्रमा आएको सुस्तता र कर्जाको उच्च ब्याजदरका कारण बैंकहरूले खराब कर्जा घटाउन नसकेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्ममा ‘क’ वर्गका वाणिज्य बैंकको खराब कर्जा ३.२३ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकको ३.४० प्रतिशत र ‘ग’ वर्गका वित्तीय संस्थाको […]

एक वर्षमा खराब कर्जा दोब्बर

पछिल्लो एक वर्षमा वाणिज्य तथा विकास बैंकहरूको खराब कर्जा दोब्बरभन्दा धेरैले बढेको छ । चालु आर्थिक वर्षको माघ महिनाको आर्थिक विवरणलाई गत आवको माघसँग तुलना गर्दा खराब कर्जा दोब्बरभन्दा धेरै देखिएको हो । गत असारकै तुलनामा पनि माघमा बैंकहरूको खराब कर्जा अत्यधिक बढेको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा १.२० प्रतिशत रहेको बैंकहरूको […]

रावा बैंकबाहेक सबैको बढ्यो खराब कर्जा

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको खराब कर्जा उल्लेख्य मात्रामा बढेको छ । दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका २० वाणिज्य बैंकमध्ये १९ को खराब कर्जा बढेको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले भने खराब कर्जा घटाएको छ । यद्यपि, खराब कर्जा झिनो प्रतिशतले मात्रै घटेको तथ्यांकले देखाएको छ । […]

नेपालको खराब कर्जा दक्षिण एशियामै कम

काठमाडौं, माघ २४ । नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय (खराब) कर्जा दक्षिण एशियाका अन्य मुलुकको बैंकिङ क्षेत्रको तुलनामा सबैभन्दा कम देखिएको छ । विश्व बैंकको पछिल्लो तथ्यांकको आधारमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गरेको एक अध्ययनले यस्तो देखाएको हो । सन् २०२० मा नेपालका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको कुल कर्जामा निष्क्रिय […]

२१ वाणिज्य बैंकको खराब कर्जा घट्यो

काठमाडौं, माघ १४। कोभिड–१९ ले व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा अधिकांश वाणिज्य बैंक खराब कर्जा घटाउन सफल भएका छन् । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २७ ओटा वाणिज्य बैंकमध्ये अधिकांश खराब कर्जा घटाउन सफल भएका हुन् । २७ ओटा वाणिज्य बैंकमध्ये २१ ओटा बैंक खराब कर्जा घटाउन सफल भएका छन् । […]

८ वटा विकास बैंकमध्ये अधिकांश खराब कर्जा घटाउन सफल

चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा राष्ट्रियस्तरका अधिकांश विकास बैंक खराब कर्जा घटाउन सफल भएका छन् । गत आव २०७७/७८ को दोस्रो त्रैमाससम्मको तुलनामा राष्ट्रियस्तरका आठवटा विकास बैंकमध्ये पाँचवटा विकास बैंकले खराब कर्जा घटाउन सफल भएका हुन् । खराब कर्जा घटाउनेमा मुक्तिनाथ, साइन रेसुङ्गा, सांग्रिला, लुम्बिनी र महालक्ष्मी विकास बैंक रहेका छन् । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा महालक्ष्मी विकास बैंकले सबैभन्दा बढी खराब कर्जा घटाउन सफल भएको छ । गत आर्थिक वर्षको दोस्रो ...

बैंकहरुले घटाए खराब कर्जा, कुन बैंकको कति ?

२४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा बैंकहरुले खराब कर्जा अनुपात घटाएका छन् । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निष्क्रिय कर्जा औसतमा ०.४३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात १.५९८ प्रतिशत थियो । गत आर्थिक वर्षको […]