कुनै बेला फेवातालमा माछा मारेरै गुजारा चलाउने खपौदीका शैलेन्द्र जलारीलाई अहिले गुजारा चलाउनु त परको कुरा, परम्परागत पेशा जोगाउनै मुस्किल छ। साँघुरिएको फेवातालमा माछाको संख्या बर्सेनि घट्दो छ। पहिलाजस्तो न सहर छ, न कत्ले भेटिन्छ। फेवातालमा जाल हानेर दिनमा १ किलो माछा मार्न मुस्किल हुने उनी बताउँछन्। शैलेन्द्र भन्छन्, ‘फेवातालमा पहिला माछा प्रशस्त थियो। अहिले […]