रुकुम (पूर्व) : भूमे गाउँपालिका–१ लुकुममा रेन्बो ट्राउट माछा हुर्कंदै छन्। पहिलो पटकका माछा सबै मरे भने हाल दोस्रो पटकका माछा हुर्किरहेका छन्।सिद्धचौर मावि लुकुमका प्रधानाध्यापकसमेत रहेका रामबहादुर पुन मगरले जिल्लामै पहिलो पटक रेन्बो ट्राउट माछा पालनको सुरुवात गरेका छन्। माछा पालनका लागि आवश्यक भौतिक संरचना तयार गरिसकेपछि पुनले पहिलो पटक गत वर्षको असारमा पालन सुरु गरेका हुन्। धेरै लगानी र मेहनत गरेर माछा पालन सुरु गरे तर, पहिलो पटकका माछा विभिन्न कारणले तीन महिना पछि सबै मरे। डेढ लाख