डडेल्धुरा : आलिताल गाउँपालिका–३ मा रहेको आलिताल तालबाट माछा चोरी हुन थालेका छन्। संरक्षित क्षेत्र आलिताल परिसरबाट रातिको समयमा माछा चोरी निकासी भइरहेको वडा- ३ को कार्यालयले जनाएको छ। ताल परिसरबाट माछा र माछाका भुरासमेत चोरी हुन थालेपछि वडा कार्यालयले भुरा चोर्नेलाई जरिवाना गर्ने भएको छ।एक सूचना जारी गर्दै कार्यालयले पहिलोपटक माछा मारेर चोरी गरिरहेको भेटिए ५ हजार र दोस्रो पटक पनि भेटिए १० हजार जरिवाना गर्ने जनाएको हो। यदि तेस्रो पटक पनि माछा चोरी गरेको भेटिए कानूनअनुसार कारबाहीका साथै