माछा बिक्रेताको हत्याको विरोधमा कराँचीको माछा बन्दरगाहमा  प्रदर्शन

 माछा  बिक्रेताको हत्याको विरोधमा पाकिस्तानको कराँचीको माछा बन्दरगाहमा विरोध प्रदर्शन  भएको छ।समाचारहरूका अनुसार बन्दरगाहमा छुरा प्रहार गरी मारिएका बिक्रेता सद्दाम हुसैनको अन्त्येष्टिपछि उनका आफन्तले विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले  अपराधीहरूले माछा बजारमा सुरक्षाकर्मीकै मिलेमतोमा पैसा उठाउने गरेको र भुक्तानी गर्न अस्वीकार गर्नेहरू हिंसाको शिकार हुने  गरेको आरोप लगाएका छन्। ‘अपराधीलाई प्रहरी र माछा बजार प्रशासनको संरक्षण छ’, उनका एक आफन