उसले फेरि एउटा स्टाटस फाल्छ फेसबुकमा माछा पार्ने जाल फाले झैं समय नदी बग्दै जान्छ लाइक र कमेन्ट पार्ने ध्याउन्न जालमाथि सार्छ माछा परे नपरेको हेरे झैं घरीघरी घुरीघुरी हेर्छ लाइक र कमेन्टहरू लाइकहरू आउँछन् संख्या हेर्छ कमेन्ट गन्छ मन फुरुङ्ग पार्छ थपिंदै जान्छन् कोही बाल्यवस्थादेखिका साथी कोही कलेज साथी कोही अफिसतिरका साथी आउँछन् उनका […]