माछा चोर

दिलबहादुरको छोरोले सिरानघरेको पोखरीको माछा चोरेको हल्ला पूरै गाउँभरि फैलियो। सिरानघरेको आँगनमा भद्रभलाद्मीहरु भेला भए। दिलबहादुरले त्यसबापत हजार रुपैयाँ हर्जाना व्यहोर्नु पर्‍यो। सानो केटोलाई माछा चोरेकोमा माफी मगाइयो र सभा सकियो। दिलबहादुर पनि मुसुमुसु हाँस्दै घरतिर ओरालो लाग्यो। बाटोमा जति पनि मानिसहरू भेटिए सबलाई दिलबहादुर आफ्नो छोरोले माछा चोरेको कुरा सुनाउँदै हिंड्यो। चियापसल, भट्टी, चौतारी, […]