पूर्व विजेता पाकिस्तानले जारी आईसिसी टीट्वेन्टी विश्वकप क्रिकेटमा शानदार प्रदर्शन गरिरहेको छ। सुरुका तीन खेलमा जित हात पार्दै उसले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। मंगलबार हुने खेलमा नामिबियालाई हराउन सके पाकिस्तानले सेमिफाइनलमा लगभग स्थान तय गर्ने छ। पाकिस्तानले प्रतियोगितामा बलिया टोलीहरुलाई पराजित गरिसकेको छ। पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको पाकिस्तानले त्यसपछि न्युजिल्यान्ड […]