नेकपा एमालेका केन्द्रीय सचिव रघुबिर महासेठले मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीलाई कारवाहीको माग गरेका छन् । आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमन्त्री समेत रहेका सचिव महासेठले संवैधानिक निकायका जिम्मेवार व्यक्ति भएर निर्वाचनको क्रममा मौन अवधीको समयमा एमालेका उम्मेदवारविरुद्ध षड्यन्त्र गर्न खोजेको भन्दै उनले संसदीय समितिसँग छानबिन गर्न माग गरेका हुन् ।वैशाख २९ गतेको दिन आफू जनकपुरमा नरहेको समयमा मिडियामार्फत अन्सारीबारे समाचार सुनेको र उनले काठमाडौंमा पत्रकार सम्मेल