प्रतिनिधिसभा सदस्य दिव्यमणी राजभण्डारीले विभिन्न काण्डबारे छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा उनले विगतमा धेरै काण्ड प्रकाशमा आएको र तिनको छानबिनका लागि आफूहरुले पटकपटक माग गरे पनि अझै छानबिन हुन नसकेको भन्दै संसदीय छानबिन समिति गठनका लागि माग गरेका हुन् ।बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गराएको भन्ने सन्दर्भमा छानबिन गर्न संसदीय समिति गठन गरेको अवस्थामा उनले विगतमा भएका अन्य