काठमाडौँ – वकिलहरुको एक समूहले न्यायपालिकामा मौलाएको भ्रष्टाचार नियन्त्रण गरी दोषीमाथि कारबाही गर्न शक्तिशाली छानबिन आयोगको माग गरेको छ। जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङलाई छुटाउन घुसको लेनदेन भएको अडियो सार्वजनिक भएपछि वकिलहरुले सर्वोच्चका पूर्वन्यायाधीशसहित सबै न्यायाधीशमाथि छानबिनको माग गरेका हुन्। पछिल्लो अडियो प्रकरणले न्याय खरिद बिक्री हुने गरेको तथ्या […]