रुपन्देही। सीके राउत नेतृत्वको जनमत पार्टीले नवलपरासीको भारतीय सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न माग गरेको छ। आज जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिन गर्न माग गरेका छन्। विज्ञप्तीमा उनले भनेका छन्, “घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दछु। मृतक परिवारलाई ५० लाख सहयोग उपलब्ध गराउन माग गर्दछु।”